अखिल क्रान्तिकारी सल्यानले बाँड्यो २३ जना बालबालिकालाई न्यानो कपडा

No description available.

सल्यान, २५ पुस । नेत्रबिक्रम चन्द विप्लब नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सल्यानको भातृ सङगठ अखिल क्रान्तिकारी सल्यानले २३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको शिवजन छात्रावासका दृष्ट्रिबिहिन बालबालिकालाई चिसो मौसमलाई मध्यमनजर गर्दै छात्रावासमा बस्ने २३ जना बालबालिकालाई करिब २० हजार बराबर न्यानो कपडा वितरण गरिएको हो । विगत लामो समय देखि छात्रावासमा अखिल क्रान्तिकारी विभिन्न सहयोगका क्रार्यक्रम गर्दै आएको छ !

न्यानो कपडा बितरण क्रार्यक्रम आफ्नो कुरा राख्दै, अखिल क्रान्तिकारीका अध्यक्ष प्रभाकरले हाम्रो समाजमा अझैसम्म पनि दृष्टिबिहिन अपांग छोराछोरी, बालबालिका लाई हेर्ने दृष्टिकोण नबदलिएको र भेदभाव को सिकार भइरहेको बताउदै यस्ता बालबालिकालाई राज्यपनी उचित ढङ्गले बुझ्न नसेको र जिम्मेवार बन्न नसकेको बताउदै राज्यको ध्यानाकर्षण गराएका थिए ।

अपांग बालबालिकाको मनोबल उच्च बनाउदै यस्ता हजारौं दृष्टिबिहिन र अपांगहरुले कयौं ठुलाठुला आविष्कार अनुसन्धान र इतिहास निर्माण गरेको बताए । उदारणमा स्टेफिङ हकिङ्स रबिन्द्रर्नाथ टोगुरे र झमक कुमारी घिमिरे जस्ता कयौँ व्यक्ति अपांग रहेपनि उनिहरुले ठुलाठुला आविष्कार अनुसन्धान गरेको भनाई राखेका थिए ।

मैले पनि केही गर्न सक्छु भन्ने साहस र हौसला राख्न भनेका थिए । कार्यक्रम उपस्थित जिल्ला कमिटी सदस्यहरु राम केसि, चन्द्र कुवर, जीवन बिकको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया