
जाजरकोट । प्रत्येक वडामा कृषि विमा सहजकर्ता श्रोत व्यक्ति विकास तालिम खलंगामा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना ईकाई जाजरकोटको आयोजनामा व्यक्ति विकास तालिम सुरु भएको हो । तालिममा कृषि विमाका फाईदा, कृषि विमाको महत्व तथा कृषि विमा सहजकर्ता श्रोत व्यक्तिको व्यक्तित्व विकासमा टेवा पुग्ने परियोजना इकाई जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।

जिल्लाको भेरी नगरपालिका बाहेक अन्य स्थानीय तहका कृषि प्राविधिक तथा वरिष्ठ कृषकहरुको उपस्थिथि रहेको छ । यस्तै उद्घाटन कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जाजरकोटमा प्राकृतिक विपदले समेत किसानलाई मारमा पार्ने गरेको बताए । उनले भने, ‘गहुँ, जौ मकै राम्रो फलेको पाइन्छ, आकाश बाट असिनाले झार्छ, मकै राम्रो बनेको हुन्छ तर हावाले सबै सखाप बनाउँछ ।’

पछिल्लो समय कृषिमा कृषकको मोह घटेको वेला कृषि विमाको कुरा जोड्नु एकदमै राम्रो भएको प्रमुख घर्तीको भनाई । यस्तै जिल्ला समन्वयन समिती जाजरकोटकाब प्रमुख मनबहादुर रावलले तालिमले सकरात्मक परिणाम देखाउने बताए । उनले भने, ‘जिल्लामा भएका कृषकहरुलाई उत्पादनमा सहयोग पु¥याउने तालिम हो ।’
प्राविधिक तथा कृषकमा विमा सम्बन्धीको ज्ञान भए एकदमै राम्रो हुने उनको भनाई छ । तालिमको प्रशिक्षक लामो समय अनुभव संगालेका राजेन्द्र प्रधान कृषि अर्थविज्ञले गरिरहेका छन् । ३ दिन सम्म होटेल ¥याडिसनमा तालिम चल्नेछ ।
















































। २५ पुष २०७७, शनिबार