कृषि विमा श्रोत व्यक्ति विकास तालिम खलंगा

Image may contain: ‎text that says '‎प्रत्येक वडामा कृषि वीमा सहजकर्ता शत व्यक्ति विकास तालिम उद्यमशिलता रोजगारीमुलक सशक्तिकरण र सिप विकास तथा क्षमता अभिबृद्धि तालिम) अवधि 3 दिन (मिति ףס७७ पौष ១ម गते देखि १६ गते सम्म) स्थान होटल ऱ्याडिसन, खलंगा जाजरकोट) आयोजक प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, जाजरकोट‎'‎

जाजरकोट  । प्रत्येक वडामा कृषि विमा सहजकर्ता श्रोत व्यक्ति विकास तालिम खलंगामा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना ईकाई जाजरकोटको आयोजनामा व्यक्ति विकास तालिम सुरु भएको हो । तालिममा कृषि विमाका फाईदा, कृषि विमाको महत्व तथा कृषि विमा सहजकर्ता श्रोत व्यक्तिको व्यक्तित्व विकासमा टेवा पुग्ने परियोजना इकाई जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।

Image may contain: 3 people, people sitting and indoor

जिल्लाको भेरी नगरपालिका बाहेक अन्य स्थानीय तहका कृषि प्राविधिक तथा वरिष्ठ कृषकहरुको उपस्थिथि रहेको छ । यस्तै उद्घाटन कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जाजरकोटमा प्राकृतिक विपदले समेत किसानलाई मारमा पार्ने गरेको बताए । उनले भने, ‘गहुँ, जौ मकै राम्रो फलेको पाइन्छ, आकाश बाट असिनाले झार्छ, मकै राम्रो बनेको हुन्छ तर हावाले सबै सखाप बनाउँछ ।’

Image may contain: one or more people, people sitting and indoor

पछिल्लो समय कृषिमा कृषकको मोह घटेको वेला कृषि विमाको कुरा जोड्नु एकदमै राम्रो भएको प्रमुख घर्तीको भनाई । यस्तै जिल्ला समन्वयन समिती जाजरकोटकाब प्रमुख मनबहादुर रावलले तालिमले सकरात्मक परिणाम देखाउने बताए । उनले भने, ‘जिल्लामा भएका कृषकहरुलाई उत्पादनमा सहयोग पु¥याउने तालिम हो ।’

प्राविधिक तथा कृषकमा विमा सम्बन्धीको ज्ञान भए एकदमै राम्रो हुने उनको भनाई छ । तालिमको प्रशिक्षक लामो समय अनुभव संगालेका राजेन्द्र प्रधान कृषि अर्थविज्ञले गरिरहेका छन् । ३ दिन सम्म होटेल ¥याडिसनमा तालिम चल्नेछ ।

तपाईको प्रतिक्रिया