जाजरकोट, २४ पुस । जिल्लाको बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक भवनको शिलान्यास गरिएको छ । शुक्रबार बारेकोट गाउँपालिको केन्द्र लिम्सामा गाउँपालिका उपाध्यक्ष ओमा कुमारी शाहीले भवनको शिलान्यास गरेकी हुन् ।
विश्व खाद्य कार्यक्रमको आर्थीक सहयोग,गाउँपालिकाको समन्वयमा पाँचतारा युवा संरक्षक मञ्चद्वारा सञ्चालित नगदमा आधारित पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सामुदायिक खाद्य बैंक भवन बन्न लागेको विश्व खाद्य कार्यक्रम जाजरकोटका संयोजक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार, ‘विपदमा परेका नागरिकलाई तत्काल खाद्यान्न उपलब्ध गराउनको लागि सामुदायिक खाद्य वैंक भवन बन्न लागेको छ ।’

बारेकोट गाउँपालिका भित्र भएका विपदका घटनाहरुका पीडितहरुले राहतका लागि अव कतै धाउन नपर्ने गरी भवन निर्माण गर्न लागेको उपाध्यक्ष ओमाकुमारी शाहीले बताइन् । भवनको लागत अनुमान ४३ लाख ५५ हजार गरिएको छ ।
















































। २४ पुष २०७७, शुक्रबार