जाजरकोट । खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापालाई नेकपा प्रचण्ड माधव समुहले जाजरकोटमा कालो झण्डा देखाएको छ । जाजरकोटमा नेकपा केपी ओली समुहले गरेको सभालाई सम्बोधन गरेर फर्किने क्रममा बुधवार विहान प्रचण्ड माधव समुहको विद्यार्थी संगठन अनेरास्ववियु र युवा संगठनका आक्रोशित कार्यकर्ताहरुले भेरी नगरपालिकाको बोहोरामा कालो झण्डा र नारावाजी सहित बिरोध गरेको हुन ।
सभालाई सम्बोधन गर्न जाजरकोट खलंगा जादाँ पनि बोहरामा कालो झण्डा देखाएर नाराबाजी गर्दै बिरोध गरिएको र फर्किदा पनि कालो झन्डा देखाएर नाराबाजी गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य ज्ञानु खडकाले जानकारी दिए ।
आक्रोशित कार्यकर्ताहरुले खानेपानी मन्त्रीलाई केपी ओलि मुर्दाबाद, असंवैधानिक कदम खारेज गरौ जस्ता नाराबाजी गर्दै कालो झन्डा देखाएर बिरोध गरेका थिए । मंगलवार खलंगामा आयोजित सभामा अधिकांस समय मन्त्री थापाले प्रचण्ड माधब नेतृत्वको नेकपाको बिरोधमा खर्चेको थिए । त्यसै गरि माओवादी जनयुद्धको बेला बाबुरामलाई प्रचण्डले खाल्डोमा हाल्ने तयारी गरेको समेत बताएका थिए ।
















































। २२ पुष २०७७, बुधबार