
प्रचण्ड–माधव समुहको भेला बारेकाेट तस्वीर
जाजरकोट, २० पुस । संसद विघटन पश्चात् नेकपा पार्टीमा देखिएको विवादले अन्तत कार्यकर्ता तहसम्म नै असर परेको देखिएको छ । केन्द्रमा दुई कित्ता भई पार्टी विभाजनको अन्तिम विन्दुमा पुगेपछि जाजरकोटका स्थानीय तहहरुमा नेकपाका दुवै पक्ष एक ठाउँमा उभिन सकेका छैनन् । पार्टी सम्बन्धीत कार्यक्रमहरु फरक फरक रुपमा हुन थालेका छन् । पछिल्लो समय यस्तै दृश्य जाजरकोटमा देखिएको छ ।
ओली पक्षको कार्यक्रम सदरमुुकाम सहित भईरहदाँ सोही समयमा प्रचण्ड माधव समुहले पनि समान प्रकृतिको कार्यक्रम गरि एक अर्का पक्षका कमीकमजोरी औल्याउँदै आएका छन । छेडागाड नगरमा प्रधानमन्त्री केपी ओलीको संसद विघटन र असंवैधानिक कदमको विरुद्धमा नेकपा प्रचण्ड माधव समुहले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
जाजरकोट छेडागाड नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रामदिप आचार्यले एक्लोवाद पार्टीको सिद्धान्त नभएर सर्वसत्तावाद हावि भएको बताए । जननिर्वाचित संसद ५ बर्षको लागि जनताले मत दिएको र केपी ओली र विद्या भण्डारीले गरेको संसद विघटन असंवैधानिक कदम भएको उनले बताए । तानाशाही घोर प्रतिगामी कदमका विरुद्ध जनता, पार्टी, नेता कार्यकर्ता एक भएर केपी ओलीलाई सत्ताबाट झार्नु पर्ने आचार्यको भनाई छ ।
विघटन गरिएको संसद पुनस्र्थापन गरेर छाड्ने भन्दै उनले देश र जनताको लागि हुने जस्तो सुकै संघर्षमा तयार हुन कार्यकर्ता र जनतालाई आव्हान गरे । कर्णाली प्रदेश सभा सदस्य करबिर शाहिले पुस १ कालो दिन नभई पुस ५ गते केपी ओलीले ससंद विघटन गरेकोले पुस ५ गते देश र जनताको लागि कालो दिन भएको बताएका थिए । प्रदेश कमिटी सदस्य कृष्ण बहादुर बिसीले जनआन्दोलन र जनयुद्धको माध्यमबाट लामो संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको मर्म भावना बिपरित केपी ओलीले असंवैधानिक कदम चालेका बताए ।
गणतन्त्र र संविधानको रक्षाका लागि उनले आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्ने बताए । यस्तै, शनिवार बारेकोट गाउँपालिकाको लिम्सामा समेत प्रचण्ड नेपाल समुहले गाउँकमिटीको वैठक तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । प्रचण्ड माधव पक्षको कार्यकर्ता भेलामा केन्द्रिय सदस्य निरज आचार्यले संविधानका रक्षाका लागि एकजुट हुनपर्ने बेला आएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले लोकतन्त्र विरोधी काम गरेको दावि गर्दै आचार्यले देशमा संकटकाल निम्त्याउन प्रयत्न भएको उनको भनाई छ ।
यस्तै, कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले वर्तमान केपी वली सरकारले गरेका काम गलत भएको बताए । उनले भने, ‘वर्तमान केपी वली सरकारले देश र जनताका लागि काम नगरी संविधान विरोधी काम गरेकोले त्यस्ता गतिविधीमा नलाग्न आम जनतालाई आग्रह गर्दछु ।’ बारेकोटमा भएको कार्यक्रममा प्रचण्ड नेपाल पक्षका नेताहरुले केपी वली समुहको चर्काे आलोचना गरेका थिए । ओली पक्षको समर्थनका नेताहरुले प्रधानमन्त्रीको आलोचना गर्नेहरुले लोकतन्त्र नै नबुझेको बताउने गरेका छन् । प्रधामन्त्रीलाई पार्टी भित्रबाट नै काम गर्न नदिएपछि संसद विघटन गरि निर्वाचनमा जाने निर्णय भएको समेत बताउने गरेका छन ।
निर्वाचन घोषणा हुन लोकतन्त्रको सुन्दर पक्ष भएको दावि गरे । निर्वाचित प्रधानमन्त्रीलाई विश्वासको मत लिनु र पुन जनता समक्ष जानु दुई विकल्प छन् । जनता समक्ष जाने बिकल्प लोकतन्त्रको सुन्दर पक्ष भएको ओली पक्षका नेता भक्तबहादुर बस्नेतले बताए । यस्तै ओली पक्षको समुहले २१ पुसमा जाजरकोटका वृहत भेलाको आयोजना गरेका छ ।
जसका खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आथित्यतामा कार्यक्रम गर्न लागेको समेत नेता बस्नेतले बताए । नेकपा पार्टी ओली पक्ष नै आधिकारिक भएको समेत दावि नेताहरुले दावी गर्ने गरेका छन । एकताको समयमा भएको सहमति अनुसार ओली नै संस्थापक अध्यक्ष रहने ब्यवस्था रहेको बताउदै आफुहरु आधिकारीक भएको जिकिर समेत गर्ने गरेका छन ।
#कार्यकर्ता #नेकपा विभाजित# जाजरकोटमा ओली # प्रचण्ड–माधव #समुहको छुट्टाछुट्टै भेला#
















































। २० पुष २०७७, सोमबार