खोज प्रतिभा २०२० मा जाजरकोटका सौगात प्रथम

No description available.
जाजरकोट, १९ पुस । शालिमार सिमेन्टले आयोजना गरेको खोज प्रतिभा २०२० मा जाजरकोटका सौगात आचार्य प्रथम भएका छन् । मंसिर १४ गते देखि पुस १७ गते सम्म चलेको खोज प्रतिभा २०२० मा ८० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै आचार्य प्रथम भएका हुुन ।

८० जना प्रतिस्पर्धीहरुले शालिमार सिमेन्टको फेसवुक पेजमा आ—आफ्ना प्रतिभाहरु पठाएका थिए । जसमा लाईकलाई प्राथमिकता दिदैँ टप १५ छानिएको थियो । त्यसपछि श्ययm मार्फत १५ जना विच प्रतिस्पर्धा गराइएको थियो ।

No description available.

फाइनलमा १५ जनालाई पछि पारेर आचार्यले प्रथम स्थान हासिल गरेका हुन । जसअन्र्गत सौगात आचार्य प्रथम, तृष्णा पाण्डे, दिृतिय र सुवास रामदास तृतिय भएका छन । शालिमार सिमेन्टले आयोजना गरेको खोज प्रतिभा २०२० मा गीत गाउने, क्यारेकेचर गर्ने,कमेडी गर्ने, र स्टयान्डप कमेडि गर्ने गरी पाँच विधामा प्रतिस्पर्धा गराईएको थियो । जसमा आचार्यले कमेडि प्रस्तुत गरी प्रथम स्थान हाँसिल गरेका हुन ।

No description available.

प्रथम हुनेलाई ५० हजार,दिृतियलाई २५ हजार र तृतियलाई १५ हजार पुरुस्कार रहेको कार्यक्रममा हाँस्यकलाकार एवं समाजसेवी सिताराम कटेल ‘धुर्मुस’ र कुन्जना धिमिरे ‘सुन्तली’ ले निर्णायको भुमिका निर्वाह गरेका थिए । प्रथम हुने आचार्या जाजरकोटको भेरीनगरपालिका १३ कुदुका हुन । सानै उमेर देखि क्यारिकेचरलाई प्राथमिकता दिएका आचार्य १ सय भन्दा धेरैको क्यारिकेचर गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया