जाजरकोट, १८ पुस । कर्णाली प्रदेश सभा सदस्य एवं प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा विहिवार राती आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्मा पुगेका सांसद सिंहको गाडीमा विहिवार राती आगजनी भएको हो ।
कर्णाली प्रदेश जाजरकोट क्षेत्र नम्बर १ ‘क’ का सांसद तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा राति १० बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख किशोर कुमार श्रेष्ठले बताए । कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी हुन सकेको छैन प्रहरी नायव उपरिक्षक श्रेष्ठले भने–‘शुक्रबार भेरी नगरपालिकाको स्यालीबजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनका लागि सांसद सिंह, माधव प्रचण्ड समुहका नेकपाका केन्द्रिय सदस्य निरज आचार्य, नेकपाका पार्टी अध्यक्ष ढकवीर राना बिहिबार नै पुन्मा जानु भएको थियो ।
सांसद सिंहद्धारा जनता र सम्बन्धित निकायको ध्यानाकर्षण

वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घर सम्म गाडी नजाने भएकोले विचबाटैमै गाडी पार्किङ्ग गरेर खाना खान लागेको बेला अज्ञात समुहले आगो लगाई दिएछ ।’ सुरक्षाकर्मी सँगै थिए । हामी खाना खाँदै थियौ केही वेरमै गाडीमा आगजनी भएको खवर आयो त्यहाँ पुग्दा गाडी खरानी भैसकेको थियो माधव प्रचण्ड समुहका नेकपाका पार्टी अध्यक्ष ढकवीर रानाले भने । गाडीमा कसले ? किन ? आगो लगायो भन्ने बिषयमा अहिलेसम्म केहि पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्टले बताए ।
सरकारी गाडीमा आगो लगाउने मान्छेको पहिचान गर्न नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्टले जानकारी दिएका छन् । सांसद सिंह अहिले माधव प्रचण्ड समुहमा छन् । नेकपा विप्लव जाजरकोटका इन्चार्ज राजकुमार राईले गाडी आगजनीमा पार्टीको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
यस्तै, नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीद्धारा निन्दनीय कार्यको घोर भत्सर्ना गरिएको छ ।
यस्तो छ जारी विज्ञप्ती :

















































। १८ पुष २०७७, शनिबार