सानी भेरी गाउँपालिकामा नेविसंघको गठन ः राप्ती ज्ञानोदय मा.वि. सिम्लीमा टेकराज परियारको अध्यक्षतामा १ सय १५ सदस्य समिती

No description available.

केशर पुन मगर, रुकुम पश्चिम । नेपाल बिद्यार्थी संघ सानिभेरी गाउँपालिकाले मा.बि. मुल इकाई समिति गठन सुरु गरिएको छ । मंगलबार गाउँपालिकाको राप्ती ज्ञानोदय माबि सिम्लीमा टेकराज परियारको अध्यक्षतामा १ सय १५ सदस्य माबि मुल इकाई समिति गठन गरिएको हो ।

नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमका (सहसचिब) तथा सानीभेरी गाउँपालिका (इन्चार्ज) हेमराज के.सीको प्रमुख आथित्यता र बिद्यार्थी नेता नारायण खड्काको उपस्थितीमा समिति गठन गरिएको छ । कार्यक्रमबाट समितिको उपाध्यक्षमा दिपक भण्डारी र दिपक परियारलाई चयन गरिएको छ ।

त्यस्तै सचिबमा मुना भण्डारी, सहसचिबमा सरिता खड्का र लोकेन्द्र बिक र कोषाध्यक्षको जिम्मेवारी किरण खड्कालाई दिइएको छ । नेपाल बिद्यार्थी संघ सानिभेरी गाउँपालिकाले मंगलबार गाउँपालिका भित्रका माबि स्तरिय मुल इकाई समिति गठन सुरु गरेको गाउँपालिका इन्चार्ज हेमराज केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया