राजतन्त्रको पक्षमा जाजरकोटमा प्रर्दशन

No description available.

जाजरकोट, २२ मंसिर । जाजरकोटमा आईतबार राजतन्त्रको माग गर्दै प्रदर्शन भएको छ । पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । थाप्ले बाट सुरु भएको प्रदर्शन गैरीखालीमा पुगेर कोणसभामा परिणत भएको थियो । राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।

कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दीपक खनालले राजतन्त्रको विकल्प राजतन्त्र नै भएकोले देशमा राजा चाहिएको बताए । ‘आज देशमा वास्तविक राजा नभई छोटे राजाहरुले राज गर्दा देश डुब्न लागेको छ,’ ‘पृथ्वीनारायण शाहले लठ्ठी र तरवारले एकीकरण गरेको राज्य आज टुक्रिएको छ उनले भने ।’

No description available.

अव देशमा राजतन्त्रको खाँचो रहेको आम जनताले बुझ्नुपर्ने वेला आएको समेत उनको भनाई थियो । शाही शक्ति जाजरकोटका अध्यक्ष शुक्रदीप शाहले, १४ बर्ष सम्म हामी चुप लागेर बस्यौँ, १७ हजार जनता मारेर ल्याएको गणतन्त्र यहि हो भन्दै प्रश्न गरे ।

‘आज देशका गरिव,दलित, पिछडिएका जनताको दुःख उस्तै छन, राजाले आफ्ना आफन्तलाई मात्र बसाल्छ भन्ने नेताले आज देशमा बनेका छोटे राजाहरुले छोरी,ज्वाई, श्रीमति किन मन्त्री, मेयर बनाएको ?’ देशमा मदन भण्डारीलाई मारेको यत्रो समय भैइसकेको छ तर आफ्नैले पत्ता लगाउन

सकेका छैनन, आफैले मारेको स्वीकार गर्नुपर्छ वर्तमान सरकारले भन्दा आक्रोश पोखे । जनताले साथ दिए अव राजतन्त्र देशमा फर्केने उनको भनाई छ । पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन्।

No description available.

राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै हजारौँ युवाहरूले सडकमा प्रदर्शन गरेका थिए । जाजरकोटमा शाही शक्ति नेपालको आयोजनामा प्रर्दशन कार्यक्रम भएको थियो ।
पैंक सम्म निशुल्क गाडीमा

तपाईको प्रतिक्रिया