साउथ ह्याम्पटनसँग जानको नयाँ सम्झौता

एजेन्सी। प्रिमियर लिग क्लब साउथह्याम्पटनका डिफेन्डर जान बेड्नारेकले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।

पोलिस डिफेन्डरले क्लबमा लामो समय बस्ने गरी नयाँ सम्झौता गरेका छन् ।

२४ वर्षीय डिफेन्डरले साउथह्याम्पटनसँग साढे चार वर्षको नयाँ सम्झौता गरेका हुन् ।

सम्झौतासँगै जान सन् २०२५ सम्म साउथह्याम्पटनमा रहने छन् ।

जान सन् २०१७ मा साउथह्याम्पटन आएका थिए ।

सेन्टर डिफेन्डर जानले क्लबका लागि ८५ भन्दा बढी खेल खेलिसकेका छन् ।

यस सिजन उनले प्रिमियर लिगमा १० खेल खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया