“उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना तथा मझौला सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व गर्ने हाम्रो मुख्य एजेन्डा हो । यसैले हाम्रो देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ गर्ने ।”

निजी व्यावसायिक क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाबको नतिजालाइ लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर १३ भएको महासङ्घको चुनावमा उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ अधिबेशनबाट खुल्ला तर्फबाट बिजय केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएका कमान बहादुर खड्काको भनााइ
“महासंघमा को सिनियर र को जनियर भन्ने हिसाब गर्नुभन्दा कसले कति काम गरेको छ र कस्को क्षमता कति भन्ने हुनुपर्छ । हिजो कसले कति गर्न सक्यो, भोलि कसले कति गर्न सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ र यसैका आधारमा आम मतदाता व्यवसायी साथीहरुले यसको निर्णय गर्नु भएको छ् । निश्चय पनि अग्रजहरुको सम्मान गर्नुपर्छ भने अग्रजहरुले पनि आफूभन्दा योग्यलाई अवसर दिनुपर्छ, अर्थात बाटो खोलिदिनु पर्छ । महासङ्घमा कोही पेन्सन पकाउन आएको हुँदैन । महासङ्घमा हारजित जे भए पनि परिणाम स्वीकार्नुपर्छ र स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्नुपर्छ ।मलाई बिश्वास र मेरो क्षमता देखेर नै मलाइ बिजय बनाउनु भएका सम्पुर्ण जिल्ला तथा नगर गाउँ प्रतिनिधिलाई म हिर्दय देखि नै धन्यवाद दिन चाहन््छु ।”
















































। १४ मंसिर २०७७, आईतवार