आठविसकोट नगरपालिकाको सार्वजनिक सुनुवाई, अधिकांश योजनाहरु भरपर्दा नभएका नागरिकको प्रतिक्रिया

६ वटा वडामा सार्वजनिक सुनुवाई सम्पन्न

No description available.

टेकराज पुन, रुकुम पश्चिम । रुकुम पश्चिमको आठविस कोट नगरपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम आज आठविकोट नगरपालिको वडा नँ ६ को वडा कार्यालय होलीमा सम्पन्न भएको छ । गएको कार्तिक १६ गते देखि सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम जारी रहेको कार्यक्रम आज ६ नम्बर वडाको कार्यालय होलीमा सम्पन्न भएको छ ।

आज सम्म ६ वटा(१ देखि ६) वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको र अव बाँकी ८ वटा वडामा अर्को निर्णय भएपछि सञ्चालन गरिने योजना तथा अनुगमन उप शाखा प्रमुख राजु परियारले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकाँश स्थानिय नागरिकहरुले वडामा परेका योजनाहरु मध्ये केही योजनाहरु अलपत्र परेको, खानेपानीको समस्या रहेको, केही योजनाहरु सम्पन्न भएपनी उपभोक्ता समितिले राम्रो नवनाएका स्थानियले नगरपालिकाका जनपतिनिधी तथा विषयगत शाखा प्रमुखहरु समक्ष गुनासो पोखेका छन । यस्तै नगरपालिका वाट परेका योजनामा उपभोक्ता समिती आफैले मात्र काम गरेको तर अन्य स्थानिय नागरिकहरुलाई काममा लाग्न नदिएको पनी गुनासो गरेका छन ।

आज नगरपालिकाको छ नम्वर वडाको होलीमा भएको कार्यक्रममा यहाँका जनताहरुले वडामा परेका ठुला तथा साना योजनाहरुका बारेमा केही बन्दै गरेकालाई छिटो निर्माण गर्न उपभोक्ता समीती तथा वडा सरकारलाई छिटो निर्माण गरिदिन आग्रह गरेका छन । यीनै सवालहरुको जवाफमा वडा अध्यक्ष तथा ,आठविसकोट नगरपालिकाका शाखा प्रमुखहरुले चित्त बुझदो जवाफ दिएका छन ।

आजको कार्यक्रममा आठविसकोटको विकट ठाँउ छिमी मनकाका वासीन्दाले खाने पानी, सञ्चार र विजुली छिटो भन्दा छिटो उपलब्ध बनाई दिन आग्रह गरेका छन यसको जवाफमा वडा अध्यक्ष डिल्ली सार्किले यस्को समाधान छिटै गरिने बताउनु भयो । मन्कामा खानेपानीको योजना परेको र मन्काको वस्तीमा खाने पानी पु¥याउने योजना रहेको र यसमा वजेटको अभाव भएको अध्यक्ष सार्कीले सुझाव दिनु भएको छ ।

यस्तै गएको कार्तिक १६ गते बाट सुरुभएको सार्वजनिक सुनुवाई कार्यक्रम एक दिनको अन्तरालमा गरिएको हो । अव भने सार्वजनिक सुनुवाई गर्न बाँकी रहेका वडाहरुमा अव बस्ने नगरकार्यपालिकाको बैठकले सार्वजनिक सुनुवाईको मिती तय गर्ने र सोही निर्णय बमोजीम सुनुवाई गर्न बाँकी रहेका ८ वटा वडाहरुमा कार्यपालिकाबाट अर्को निर्णय भएपछि तिहार पछीनै सार्वजनिक सुनुवाई गर्ने आठविकोट नगरपालिकाका प्रशासकिय अधिकृत मानबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

  आजको कार्यक्रमको सभा अध्यक्ष वडा नम्वर ६ का वडा अध्यक्ष डिल्ली बहादुर सार्किको रहेको थियो भने नगरपालिका प्रशासकिय अधिकृत मान बहादुर बुढाथोकीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा सँयोजक इन्द्र बहादुर विष्ट , योजना तथा अनुगमन उप शाखा प्रमुख राजु परियार , गुनस्तर शिक्षण केन्द्रका शिक्षा परिक्षक थलवीर ओली, राजस्व उपशाखा प्रमुख जय बहादुर बुढा , पर्वाधार विकाश शाखा प्रमुख राजेश गौतम लगाएतका उपशाखा प्रमुखहरुको सहभागीता रहेको थियो । साथै यहाँका स्थानिय नागरिकहरुको वाक्लो उपस्थिती रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया