लिभरपुलविरुद्ध भिड्दै सिटी, घरेलु मैदानमा जितको खोजी

इलाम : इग्लिस प्रिमियर लिग अन्र्तगत उपाधिका दावेदार मानिएका टोली म्याचेस्टर सिटी र लिभरपुल खेल्दैछन्।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा नेपाली समयअनुसार १०ः१५ बजे हुने खेलमा दुवै टोलीलाई उपाधि होडलाई फराकिलो बनाउन लागि महत्वपूर्ण हुनेछ। डिफेन्डिङ च्याम्पियन लिभरपुलले आजको खेल जितेको खण्डमा शीर्ष २ मा पुग्ने अवसर हुनेछ।

वुल्स विरुद्धको खेलमा लेस्टर सिटीले हारेको खण्डमा जित निकाल्न सके लिभरपुल शीर्ष स्थानमा नै उक्लनेछ। पहिलो हाफसम्मको अवस्थामा लेस्टर १–० ले अघि छ। यता सिटी शीर्ष ६ मा पर्न जित निकाल्नै पर्ने दबाबमा छ।

६ खेल खेलेको सिटी ११ अंकका साथ १२ औ स्थानमा रहँदा ७ खेलबाट लिभरपुल १६ अंकको साथ चौथो स्थानमा छ। समान १६ अंक रहे पनि लिभरपुल गोलअन्तरमा साउथह्याम्टनभन्दा पछि छ।

घरेलु मैदानमा लिभरपुलविरुद्ध पछिल्लो ३ खेलमा सिटी अपराजित छ। उसले कुल ११ गोल गर्दै १ गोल बेहारेको थियो। तर १९३७ यता लिभरपुलविरुद्ध सिटीले घरेलु मैदानमा लगातार चौथो जित निकाल्न सकेको छैन।

यता लिभरपुलले सिटीविरुद्ध प्रिमियर लिगको १० अवे खेलमा क्लिनसिट राख्न सकेको छैन। १ जित २ बराबरी र ७ खेलमा पराजय भोगेको टोलीले कुल २६ गोल बेहोर्न पुग्यो। प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियनविरुद्ध खेलेको पछिल्लो १० खेलमा सिटीले १ खेलमा मात्र पराजय भोगेको छ। जुन २०१६ को सिजनमा लेस्टर सिटीविरुद्ध थियो।

यी दुई टोलीबीचको पछिल्लो २८ खेलको नतिजा हेर्दा लिभरपुल ११ खेलमा विजयी भएको छ। ९ खेल सिटीले जित्दा ७ खेल बराबरीमा सकिएको छ। गत सिजनको लिगमा दुवै टोलीले समान एक खेल जितेका छन्। जुलाईमा भएको खेलमा सिटीले लिभरपुललाई ४–० ले हराएको थियो। त्यसअघि नोभेम्वरमा लिभरपुल ३–१ ले विजयी भएको थियो।

ब्राजिली फरवार्ड ग्याब्रियल जेससको पुनरागमनले सिटीको मनोबल बढेको छ। टोलीसँग रहिम स्ट्रलिङ, रियाद महारेज, केभिन डि ब्रुएना, रोड्री, इल्केए गुन्डोगान, काइल वाल्कर, रुवेन डियास, एमेरिक लापोर्टे, जाओ क्यान्सिलो र गोलरक्षक इडर्सन छन्।

लिभरपुलमा साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिन्हो, जर्जिन्हो वाइनाल्डम, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, जोसेप गोमेज, जोएल माटिप ट्रेन्ट, ब्राजिलिय गोलरक्षक एलिसन बेकर, एलेक्सजेन्डर आर्नोल्ड लगायत छन्। भर्जिल भान डाइक नेवि केइटा र थिएगो अलकान्टारा चोटका कारण टिमबाहिर छन्।

तपाईको प्रतिक्रिया