जाजरकोट । नेपालीहरुको महान चाड पर्व तिहारको मुखमा ऋण तिर्नका लागी छिमेकि देश भारत फर्केका छन । कोरोना भाइरस कोभिडका कारण घर फर्केका यहाँका नागरिकहरु यतिबेपा साउँको ऋण तिर्नका लागी कालापाहाड गएका छन । जिल्लाको भेरीनगरपालिका ११ कटीगाउँका ४६ वर्षीय जितबहादुर कामीले दशै मनाए । तिहार कसरी मनाउने भन्ने सोचमा थिए ।
तर तिहार कसरी मनाउने भन्ने बिषयमा पिरलो भएको बेला गाउँमा साउँको ऋण तिर्नका लागि कामी यतिबेला भारतमा कमाईका लागि हिडेका छन । उनलाई टीका लगाउने चासोभन्दा बढी कसरी साउँको ऋण तिर्ने भन्ने पिर छ ।
तिहार कसरी मनाउने चिन्तामा रहेका जीतबहादुरले स्थानीय साउँबाट फर्कंदा ब्याज सहित भारु दिने भाकामा ऋण काढेको गएको बताए । त्यस्तै, अर्का कर्णबहादुर कामी साहुको ऋण तिर्ने स्थानीय साहु बाट नेपाली १० हजार रुपैयाँ व्याजसहित भारु दिने सर्तमा ऋण लिएर भारत पलायन भएको स्थानीयको भनाइ छ ।
गाउँमा दशैं तिहारमा सबै जम्मा भएर स्थानीय मेला पर्वमा रमाउने मन हुदा समेत ऋणले कालापहाँडको बाटोमा हिड्न बाध्य बनाएको स्थानीय जीत बहादुर नेपालीले बताए । उनले भने, बिद्यालय खुल्दै छन ।र्’भएका बालवालिकाहरुलाइ बिद्यालय अध्ययन गर्ने समयमा कालापाहाड लिएर जानु पर्ने बाध्यता आयो । र्’उत्पादन हुदैन पसलको चामल खाएरै दैनिक छाक टार्नु पर्ने यहाँका दलित समुदायको बाध्यता रहेको उनले बताए ।
जिल्लाका अधिकांश स्थानीय तहका स्थानीयहरु दशैँ, तिहारमा लागेको ऋणदेखि छोरा, छोरीको विवाह, पढाई खर्च लगायतका कामहरू गर्दा लागेको ऋण तिर्न भारतको ज्याला मज्दुरी गर्नु पर्ने बाध्यता छ । भारत गएका स्थानीयहरू दशैं,तिहार,असार लगाउन गाउँ फर्कने गर्छन । ज्याला मजदुरीका लागी भारत जाने स्थानीयहरूलाइ घरदेखीनै ठेकेदारले भाडा हालेर लिने प्रचलन जाजरकोटमा पनी कायम रहेको स्थानीयको भनाइ छ ।
भारत काम गरी फर्कंदासम्म ठेकेदारकै इसारामा चल्नुपर्ने बाध्यता रहेको स्थानीय कर्ण बहादुर रोकायले बताए । उनले भने , घरदेखि सुरु भएको ऋण भारतमा समेत ठेकेदारको आफु अनुकुल काममा लगाउने गरेका छन ।र्’ गाउँमा सामान्य भाडा नहुदा कित साउ,कि ठेकेदार गुहारेर भारत जानु पर्ने बाध्यता रहेको रोकायले बताए । भारतमा साहुँले दिने ज्यालमा कमिसन लिएर नेपाली ठेकेदारले काम लगाउने गरेको उनले बताए ।
कटीगाउँका ३५ जना भारत पलायन
कटीगाउँका ३५ जना यूवाहरु भारत पलायन भएका छन । साहुको ऋणले पिरोलिएका यूवाहरु रोजगारीको स्रोत नहुदा भारत पलायन भएको बताए । स्थानीय ब्यापारीहरुबाट खाएको खाद्यनको पैसा तिर्न नसकेका यूवाहरु भारततिर लागेको स्थानीय वीरवान वर कामीले जानकारी दिए ।
१९ गते साहुको ऋण तिर्न नसकेका ३५ जना युवाहरु भारत पलाउन भएको स्थानीयको भनाइ छ । दशैँ मनाएपनि भारततिर जानेको संख्या बढेको अर्काे स्थानीय नरबहादुर कामीले जानकारी दिए । उनले भनेर्, गाउँमा कसैको मृत्यु भएपनि दाहसंस्कार गर्ने मान्छे समेत हुदैन ।’ कटीगाउँका प्रत्येक स्थानीयको ५ लाख भन्दा बढी ऋण लागेको स्थानीयको गुनासो छ ।
















































। २१ कार्तिक २०७७, शुक्रबार