काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संयोजक रवि किरण हमालले रास्ट्रपति बिद्यादेवि भण्डारीको राजनैतिक सक्रियता प्रति टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद रास्ट्रपतिको सक्रियता देखिएको छ । उनले पार्टी फुटलाई जोगाउन र प्रधानमन्त्री वलीलाई शक्तिशाली बनाउन भुमिका निर्वाह गरिरहेको संचारमाध्यमा आइरहेको छ ।
किरणले टुइट गर्दै रास्ट्रपतिले आफ्नो पदिय मर्यादा ख्याल गर्न आग्रह गरेका छन् ।
उनलेे लेखेका छन् “रास्ट्रपतिले आफ्नो पदिय मर्यादा कायम गर्नुपर्छ । सबैको अभिभावक भएर सन्तुलित खालको ब्यबहार गर्नु शितलनिवासको धर्म हो । यसको बिपरित जादा रास्ट्रपति संस्थाको बद्नाम मात्र होईन विकल्प खोजी हुनसक्छ । नेकपाले पनि शितलनिवासलाई धुम्बाराही वा पेरिसडाडा बनाउने काम तुरुन्तै रोक्नुपर्छ ।”
रास्ट्रपतिलाई नेकपा भित्रको शक्तिसंतुलनमा प्रत्यक्ष सहभागी भएको भनेर अन्य दलहरूले समेत आलोचना गरेका छन् ।
















































। २१ कार्तिक २०७७, शुक्रबार