कालीबहादुर नेपाली
जाजरकोट , २० कात्तिक । जाजरकोटका ग्रामीण सडकमा चल्ने सवारीहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले निर्माण गरेका सडक खण्डहरुमा निजी यातायातले चर्का भाडा लिएपछि स्थानीय मर्कामा परेका हुन । निर्माण गरिएको नयाँ सडकमा रुटपरमिट समेत लागु गरिएको छैन ।
रुटपरमिट गरेका सडकमा जिल्ला प्रशासन कार्यालयले भाडा निर्धारण गरेको भएपनि ग्रामीण क्षेत्रमा भने भाडादर लागु भएको छैन । रुटपरमिट लागु नभएका सडकमा मनपरी भाडा असुल्दै आएपनि स्थानीय तह र प्रशासन भने मौन देखिन्छ । बारेकोट गाउँपालिका ४ जिरीका तिलकबहादुर रावतले कालीमाटी देखि लिम्सा सम्म १ हजार रुपैयाँ भाडा तिर । उनले भनेर्, मलाई लागेको थियो ७ सय सम्म भाडा लिन्छ होला, तर गाडीमा चढेपछि १ हजार रुपैँयाँ भाडा मैले तिरे ।’
गाडीमा नत भाडादर नै टाँसिएको छ नत बसाई आरामदायी छ । त्यही पनि सर्वसाधरण नागरिक बाट मनपरी भाडा लिईरहेको उनको गुनासो छ । उनी जस्तै, बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले खलंगा सम्म १ हजार ३ सय ५० रुपैयाँ तिरे । उनले भनेर्, मैले लिम्सा देखि कालीमाटी सम्म १ हजार त्यसपछि कालीमाटी देखि खलंगा सम्म ३ सय ५० बुझाएँ ।’ कालीमाटी देखि लिम्सा सडक खण्डमा मनपरी भाडा लिईरहेको बारेकोट गाउँपालिका ४ जिरीका कालीबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार कालीमाटी देखि लिम्सा सम्म जम्मा ३३ किलोमिटर जति होला तर पनि एक हजार भाडा तिर्दा यो त लुटतन्त्र भएन र सरकार भन्दै आक्रोस पोख । बारेकोट यातायातको पुहँुचमा जोडिएपनि सर्वसाधारण नागरिक चर्काे मुल्य तिर्दै हैरान भएका छन । यात्रुवहाक सवारी साधनले क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको भए पनि कुनै निगरानी हुने गरेको छैन ।
यस्तै, जिल्लाको कुशे गाउँपालिकाका नागरिक महंगो भाडादरमा हिड्न बाध्य छन । खलंगा देखि पाँचकाटिया सडक खण्डमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको भाडाडर तिरे पनि पाँचकाटिया देखि गाउँपालिकाको केन्द्र सम्म निजी जिपहरुले मनपरी भाडा असुल्दै आएको स्थानीय मोतीराम विकले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्र निर्माण गरिएका नयाँ सडकमा मनपरी भाडा यातायात व्यवसायीहरु लिदैँ आएका छन ।
सदरमुकाम देखि भार्मा सम्म १५ सय तिर्न बाध्य भएको स्थानीयको भनाई छ । रुटपरमिट नभएकोले सडकको लम्बाई कति हो भन्ने समेत थाहा छैन । यी दुई स्थानीय तह मात्र होइन जिल्लाका अन्य स्थानीय तहमा निर्माण गरिएका सडकमा यातायात व्यवसायीहरु भने मनपरी भाडा असुल्दै आएका छन ।
तर स्थानीय तह र प्रशासन भने मौन देखिएका छन । नागरिकहरुले चर्काे भाडा असुल्दा समेत स्थानीय तहले प्रशासनले कुनै काम भने नगरेको स्थानीयहरुको गुनासो छ । अस्थाई रुटपरमिट जारी गरी भाडादर निर्माण गर्दा राम्रो हुने नागरिक समाजको भनाई छ ।
यता जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज वरालले भाडा धेरै लिएको भनेर कुनै पनि नागरिकको गुनासो नआएको बताए ।
उनले भनेर्, अहिले सम्म सवारी साधनले मनपरी भाडा लिएको भनेर गुनासो आएको छैन ।’ यदि गुनासो आयो भने कारबाही अनिवार्य गर्ने चेतावनी समेत व्यक्त गरे । रुटपरमिट नभएका सडकमा आईतबार सम्म सरोकारवालाहरु विच वैठक बसाली निश्चित भाडादर निर्धारण गर्ने उनले बताए र्।
स्थानीय तहले गर्नुपर्ने काम हो, तर उनीहरुले गर्न सक्दैनन भने, जनप्रतिनिधी, पत्रकार, ईन्जिनियर, सबैलाई बोलाएर रुटपरमिट नभएका सडकमा अस्थाई भाडादर निर्धारण गरिने उनले भने ।’
















































। २० कार्तिक २०७७, बिहीबार