जाजरकोट, २० कात्तिक । समाजसेवी जयन्ती थापाले फोक्सो पीडित रत्ननाथ योगीलाई सहयोग गरेकी छन । सुर्खेत घर भई हाल सुयुक्त राज्य अमेरीकामा रहेकी थापाले फोक्सो पीडित योगीलाई १५ हजार सहयोग गरेकी हुन । काठमाडौँमा उपचार गराई रहेका योगीको आर्थीक अवस्था कमजोर भएका कारण अहिले उपचामा निकै समस्या भएको छ । थापाले नेपालमा रहेका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएकी छन । नाथले सहयाेग गर्ने थापालाई मनै देखि धन्यवाद व्यक्त गरेका छन ।
यस्तो छ रत्ननाथ योगीको बास्तविकता ः
कालीकोटको नरहरिनाथ गाउँपालिका साविकको लालु गाविस वडा नं ३ सुन्दरपानी अनेकाउला निवासी रत्ननाथ योगी (राकेश) ले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन ।
सानै उमेरमा भएको निमोनियाका कारण अहिले उनको फोक्सोले काम नगरेपछि विगत २ वर्षदेखि काठमाण्डौंमा उपचार गराई रहेका योगीले आफ्नो उपचारका लागि सवैलाई सहयोग गर्दिन आग्रह गरेका हुन । कालीकोट जिल्लाको दुर्गम लालु गाविसमा निमोनिया भएको समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाए आफुले अहिले यस्तो समस्या भोग्नु नपर्ने बताए । उनले भने, ‘आफु विगत २ वर्षदेखि काठमाण्डौको टिचिङ हस्पिटलामा उपचार गराई रहेको छु, औषधि निकै महँगो छ आफुसंग भएको जग्गा र घर विचेर अहिलेसम्म जसो तसो उपचार गराई रहेको छु अहिले औषधि किन्न समस्या भएको छ ।’
हस्पिटलमा नै बसेर कृत्रिम अक्सिजन लिदा महँगो हुने भएकाले कोठा भाडामा लिएर अहिलेसम्म कृत्रिम अक्सिजनले आफु बाँचिरहेको रत्ननाथले बताए । काठमाडौंमा महँगो उपचार गराउनुपर्ने भएकोले देश विदेशमा रहेका कालीकोटे तथा सम्पूर्ण नेपालीहरुलाई रत्नले उपचारका लागि सक्दो सहयोग गर्न आह्वान गरेका छन् । उनले अहिले देश तथा विदेशबाट केही सहयोग भइरहेको भएपनि फोक्सो परिर्वतन गर्न बढी रकम लाग्ने भएकाले आफ्नो आर्थिक अवस्थाले नहुने भएकाले सवैलाई सहयोगको लागि आग्रह गरेका छन ।
दुर्गम जिल्लामा जन्मेर आफुले अहिले समस्या भोगी रहेको नाथले बताए । उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्थ्ये तर आफु जन्मेको नरहरिनाथ गाउँपालिकाले आफ्नो उपचारका लागि कुनै पनि सहयोग नगरेको गुनासो गरे ।
उनले भने, गाउँपालिकाले पनि केही सहयोग गरेको भए हुनेथियो, आफ्नै जिल्लाबासीले सहयोग त गर्दैनन अरु कसले गर्थे र गहभरी आशु झार्दै योगीले भने आफ्नै भतिजाले त हेरेन अरु कसले हेर्ने थियो ।
उपचारका लागि नाथको पारिवार दयनीय अवस्थामा रहेको छ । यदि रत्ननाथ योगीलाई सम्झेर सहयोग गर्न चाहेमा सनराईज बैंक कैलाली शाखामा रहेको ०४७१०२९२०२२०१७ मा जम्मा गदिन सक्नुहुनेछ ।
पीडितका केही तस्वीरहरु



















































। २० कार्तिक २०७७, बिहीबार