
जाजरकोट, १९ कात्तिक । जिल्लाको शिवालय गाउँपालिकामा शिक्षक सरुवाका विषयमा सत्तारुढ नेकपा गाउँ कमिटी भित्र खटपट सुरु भएको छ । केही समय अघि जिल्लाकै बारेकोट गाउँपालिका बाट शिवालय गाउँपालिकाको वडा नम्बर ७ मा सरुवा भएका आएका शिक्षक तिलकबहादुर खत्रीलाई सम्बन्धित विद्यालयमा हाजिर गर्न नदिइएको विषयमा अहिले समाजिक सञ्जाल फेसबुकमा आरोप प्रत्यारोप चलेको छ । सरुवा भएर आएक शिक्षक केसीले विद्यालय व्यवस्थापन समिती अध्यक्ष एवं नेकपा शिवालय गाउँकमिटी अध्यक्ष रंगनाथ योगीले हाजिर हुन नदिएको नेकपाकी नेतृ कौशिला बिसीको आरोप छ ।
उनले भनेकी छन, ‘नेकपा शिवालय गाउँकमिटि अध्यक्षले आफ्नो भातृ संगठन नेपाल शिक्षक संगठनका जिल्ला सचिव तिलक केसी आफ्नो घर पायकको विद्यालयमा रिक्त पदमा सरुवा भई आउदा हाजिर हुन नदिएर द्धन्द्ध सिर्जना गरिएको छ ।’
कोशिला बिसीको थप आरोप छ, पदावधि सकिएको छ महिनासम्म विव्यस अध्यक्ष कहाँ थिए ? योग्य र दक्ष शिक्षकलाई हाजिर नगराउनुको कारण र उद्देश्य के हो?

त्यसको प्रतिउत्तरमा नेकपा गाउँकमिटी अध्यक्ष रंगनाथ योगीले शिक्षक तिलक केसीको सरुवाको वैधानिकता माथि प्रश्न उठाएका छन ।
यस्ताे छ अध्यक्षले खेलेकाे सामाजिक सञ्जालकाे स्टाटस
उनले ऐन मिचेर आफूखुसी सरुवा भएर आउने शिक्षकलाई स्थानीय अभिभावकलाई चित्त नबुझेपछि हाजिर गर्न नदिएर विद्यालय प्रशासनमा तालाबन्दी गरेको प्रष्ट पारेका छन् । योगीले अनावश्यक सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिदै विधि र पद्धती अनुसार सबैले चल्नुपर्ने बताए ।
उनले यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको र पार्टी कमिटीलाई जोडेर लगाएको आरोपको फेसबुकबाटै खण्डन गरेका छन । कमिटी अध्यक्ष योगीले यस विषयमा सत्यतथ्य छानबिनको माग गदैं मर्यादामा आँच पुग्ने समाचारका बिरुद्धमा न्यालयसम्म पुग्ने समेत चेतावनी दिए ।
यता सरुवा भएका शिक्षक केसी पक्षले भने आफ्नो गाउँको शैक्षिक सुधारका लागि सरुवा भएर आउँदा कसैको टाउको दुख्ने विषयले कसैको हित नगर्ने बताउछन । तत्कालिन विव्यस अध्यक्ष योगीले आफ्नै पार्टीका कार्यकर्ताको हित विपरीत गर्ने निर्णय सच्चिएर सहज रुपमा हाजिर गर्न दिनुपर्ने माग छ ।
शिक्षक केसी पक्षधरले विव्यस अध्यक्ष योगीले वीरेन्द्र माबिमा आर्थिक अनियमितता गरेको समेत आरोप लगाएका छन्। शिक्षक केसीले जसरी भएपनि शिवालय गाउँपालिकाभित्र हाजिर भएर देखाउने समेत चेतावनी दिएका छन् ।
सरस्वती माबि सीमाका प्रधानाध्यापक ईन्द्र थापा भने यस्ता विषय पार्टीपंक्तीले समाधान नगर्ने हो भने गुटगत संघर्ष थप चकिर्ने र भविष्यमा पार्टीलाई क्षेती गर्ने बताउछन । शिक्षक सरुवा, हाजिर गर्न प्रतिबन्ध र विद्यालय प्रशासनमा लागेको तालाका बिषयमा गाउँपालिका शिक्षा शाखा भने मौन छ ।
यता नेकपा निकट शिक्षक संगठनका अध्यक्ष पृथ्वी सिंह संग टेलिफोन सम्पर्क हुन सकेन ।
















































। १९ कार्तिक २०७७, बुधबार