अखिल (क्रान्तिकारी) जाजरकोटले बाँड्यो शैक्षिक सामाग्री


जाजरकोट । अखिल (क्रान्तिकारी) जाजरकोटले भेरी नगरपालिका ७ रुपागाउँका विद्दार्थिहरुलाई शैक्षिक सामाग्री बितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

एउटा महामारीले बिश्व मानव सागरलाई आक्रान्त बनाईरहेको अवस्था छ तर धेरै समय भैसक्दा पनि राज्य एउटा महामारीले बिश्व मानव सागरलाई आक्रान्त बनाईरहेको अवस्था छ तर धेरै समय भैसक्दा पनि राज्यले अहिलेसम्म पनि शिक्षा जस्तो समबेशिल कार्यलाई बेवास्ता गरे पछि अखिल (क्रान्तिकारी) जाजरकोटले बैकल्पिक शिक्षा निति टोल शिक्षाको निर्माण गरेको थियो सोही कार्यक्रमलाई अहिले विभिन्न स्थानहरूमा शैक्षिक सामाग्री बितरण तथा प्रशिक्षण कार्यक्रम अभियान सन्चालन गरेको छ ।
कार्यक्रममा केही इमानदार,अध्ययनमा क्षमतावान,सभ्य,विद्यार्थीहरुलाई पनि पुरस्कार बितरण गरेको थियो । सङ्गै सम्पुर्ण विद्यार्थीहरुलाई कापी कलम बितरण गरेको अखिल (क्रान्तिकारी) का जिल्ला सचिव दिपेन्द्र सिंहले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाहिले शिक्षक अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद प्रकट गर्दै आवश्यक परे थप सामाग्री वितरण गर्ने प्रतिवद्दता ब्यक्त गर्नभयो ।

तपाईको प्रतिक्रिया