कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदी

जाजरकोट । जिल्ला कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदी राखिएको छ । कारागारमा १५ जनाको क्षमता रहेको भए पनि क्षमता भन्दा अत्याधिक चार गुणा बढी कैदी राखिएको हो । हाल कारागारमा ५९ जना रहेका छन ।

५८ पुरुष र एक महिला रहेको कारागारका जेलेर तेजविक्रम शाहले जानकारी दिए र्। कारागारमा विभिन्न अभियोग लागेर आएका नागरिकलाई राखिएको छ । भौतिक पूर्वाधार र क्षमता भन्दा बढी कैदी बन्दी हुँदा कारागारको व्यवस्थापन गर्न निकै कठिन भएको छ ।

यसले गर्दा खानेपानी, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतमा ठुलो समस्या भएको उनले भने ।’ जिर्ण भौतिक संरचनामा क्षमता भन्दा बढी कैदी बन्दीलाई व्यवस्थापन गर्नुपर्दा सुरक्षा चुनौति बढेको छ । भवन अभावले जाजरकोट कारागारमा धेरै जना राख्नु परेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा सधैं कोचाकोच
१५ जना क्षमताको जिल्ला कारागारमा अहिले ५९ जना कैदीबन्दी छन । पूर्वाधार नथपिए पनि कैदीको संख्या बढ्दै गएपछि कैदीबन्दीले वर्षौदेखि सास्ती भोग्दै आएका हुन । भौतिक संरचना अभावमा कैदीबन्दीले असजिलो भोगेका छन् नै व्यवस्थापनले पनि विभिन्न चुनौती मोल्दै आएको छ । कैदीबन्दीका लागि बस्ने र सुत्ने ठाउँका साथै शौचालय र खानेपानीको समस्या चुलिएको कारागार प्रशासनले जनाएको छ  ।

सुत्ने समयमा कोचाकोच गरी सुत्नु परेको कैदीबन्दी सर्जन खत्रीले बताए । उनले भनेर्, कारागारको भवन सानो छ । यहाँ थपिएका कैदीबन्दीलाई कहाँ बस्ने, सुत्ने भन्ने समस्या छ ।’ कोचाकोच गरेर सुत्नु परेको उनको गुनासो छ । उनी मात्र होइन, कारागारमा बस्ने कैदीबन्दीलाई खाना बस्नको निकै समस्या भएको छ । कारागारको नयाँ प्रशासन भवन निर्माण भएपनि कैदीबन्दी राख्ने भवन सानो भएको कारागार प्रमुख तिजविक्रम शाहले बताए । कारागार प्रशासनको भवन बन्ने नयाँ कुनै प्रक्रिया समेत नभएको प्रमुख शाहको भनाई छ ।

कोरोनाले कमाईमा प्रतिबन्ध
कारागारमा बसेका कैदीबन्दीहरुले आफुले विभिन्न सीप सिक्दै आएका छन । कमाई पनि राम्रै र सीप सिक्न पाएपछि कैदीबन्दी निकै खुशी थिए । तर यस बर्ष कोरोना महामारीले कमाईमा प्रतिबन्ध नै लगाएको छ । विभिन्न सीप सिक्न र सामग्री उत्पादन हुने कच्चा पदार्थको खरिद नभएपछि कैदीबन्दीहरुको कमाईमा प्रतिबन्ध लागेको हो ।

सिलाई, बुनाई गर्दै आएका कैदीबन्दीहरु सामग्री अभावले अहिले निकै समस्यामा भएको कैदी जगत सुनारले बताए । यस भन्दा अघिका बर्षमा कारागारमा रहेका कैदीबन्दीहरुले महिनाको २५ हजार भन्दा बढी कमाई गर्ने गरेका थिए । कमाई संगै सीप सिक्न पाएपछि कैदिवन्दीको खुशीको सिमा नै थिएन । तर अहिले कोरोनाको असरले सामग्री नहुँदा सिलाई,वुनाईमा समस्या रहेको कैदीबन्दीहरुको भनाई छ । सरकारले सक्ने भए यहाँका लागि सामग्री उपलब्ध गराई दिन माग समेत गरेका छन । कमाई पनि हुने, सीप सिक्ने कैदीबन्दीहरु अहिले मोवाइलमा जेमहरु खेलेर बस्ने गरेको कार्यालय प्रमुख तेजविक्रम शाहले बताए ।

पुस्तकप्रति कैदीबन्दीको मोह
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुको पछिल्लो समय पुस्तक प्रतिको मोह बढ्दै गएको छ । गत बर्ष देखि कारागारमा स्थापना गरिएको पुस्तकालयमा सबै कैदी बन्दीको नजर गएको कारागार प्रशासनले जनाएको छ । कोही बसेर विताउने, कोही गफ गरेर समय विताउने कैदीबन्दीहरु अहिले पुस्तक पढेर विताउने गरेको कैेदीबन्दी जगत विकले जानकारी दिए ।

उनले भनेर्, अहिले कारागारमा रहेका कैदीबन्दीहरुको पुस्तकहरु प्रतिको मोह बढेको छ ।’ उहाँहरुको सकारात्क सोचको समेत विकास भएको छ । पुस्तकहरु पढ्ने बानीको विकास हुन । उत्तक कुरा भएको सरोकारवालाहरुको भनाई छ । विभिन्न लेखकहरु द्धारा लिखित पुस्तकहरु पढ्ने वानीको विकास भएको कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया