जाजरकोट । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९का कारण गत ५ महिना देखि हुन नसकेको कक्षा ११को परीक्षा भेरी नगरपालिकामा मंसिर ७ गते देखि हुने भएको छ । राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११को परीक्षा सन्चालनको पुरानो तरीका फेर्दै विद्यालयलाइ नै आन्तरिक मुल्यांकनका आधारमा नतिजा तयार पार्न गरेको निर्देशन अनुसार जिल्लाको भेरी नगरपालिकाका विद्यालयहरुमा मंसिर ७ गते देखि उक्त परीक्षा सन्चालन हुन लागेको हो ।
उक्त परीक्षाका लागि सुरुमा मंसिर ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने गरि १७ गते सम्मको परीक्षा तालिका समेत सार्वजनिक गरिएको छ । भेरी नगरपालिकाको शिक्षा शाखा र नगरपालिकामा कक्षा ११को पढाइ हुने चारवटा विद्यालयहरुको वैठकले मंसिर ७ गते देखि ५ महिना अघि देखि हुन नसकेको उक्त परीक्षा सन्चालन गर्ने निर्णय गरेको त्रिभुवन माध्यमिक विद्यालय खलंगाका निमित्त प्रधानाध्यापक हरिवहादुर वस्नेतले वताए ।
उनले कक्षा ११को परीक्षा सन्चालन, व्यवस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार आगामी मंसिर ७ गते देखि १७ गते सम्म सामाजिक दुरी कायम गर्दै सवै स्वास्थ्य सम्वन्धी मापदण्डहरु पुरा गरेर परीक्षा सन्चालन गरिने वताए । भेरी नगरपालिकावाट उक्त परीक्षामा चार वटा विद्यालयहरु त्रिभुवन माध्यमिक विद्यालय खलंगा, शिवशंकर माध्यमिक विद्यालय जगतिपुर, दिपेन्द्र माध्यमिक विद्यालय भुर र सरस्वती माध्यमिक विद्यालय पुन्माका विद्यार्थीहरु सहभागि हुने छन् ।
यस अघि राष्ट्रिय परीक्षा वोर्डले परीक्षा शुल्क वापत विद्यार्थीहरुवाट लिएको रकम विद्यालयलाइ फिर्ता नदिएका कारण परीक्षा सन्चालन व्यवस्थापन र नतिजा प्रकाशनका लागि तीन सय रुपैया परीक्षा शुल्क निर्धारण गरिएको विद्यालयहरुले जनाएका छन् ।
मुलकका अन्य भागहरुमा ११ को परीक्षा आफनो अनुकुलता अनुसार स्थानीय तहहरु र विद्यालयहरुले सन्चालन गरिरहेका छन् । जिल्लाको कक्षा ११को परीक्षा सन्चालनको समय तालिका निकाल्ने भेरी नगरपालिका पहिलो हो । गत वैशाख देखि स्थगित भएको कक्षा १२ को परीक्षा भने परीक्षा वोर्डले नै उपयुक्त समयमा सन्चालन गर्ने जनाएको छ ।
यस्ताे छ परीक्षा तालिका

















































। ५ कार्तिक २०७७, बुधबार