
जाजरकोट । अनेरास्ववियू जाजरकोटले व्लड क्यानसर बाट ज्यान गुमाएका निराजन शर्माको परिवारलाई क्रिया खर्च स्वरुप ४० हजार सहयोग गरेको छ । कुशे गाउँपालिकाको पाँचकाटियामा पुगेर मृतक शर्माको परिवारलाई हस्तान्तरण गरेको अनेरास्ववियू जाजरकोटकाले जनाएकाे छ ।

अनेरास्ववियूका केन्द्रिय सदस्य अटल आर्चाय तथा संयोजक प्रदिप खड्काले मृतकका वुवा रामचन्द्र शर्मालाई ४० हजार हस्तान्तरण गरेका थिए । पाँचकाटियामा भएको श्रद्धान्जली कार्यक्रममा सबैले मृतक प्रति श्रद्धान्जली तथा आफन्तमा गहिरो समावेदन व्यक्त गरेको नेता दिनेश गौतमले बताए । उपचार गर्दा गर्दै वल्ड क्यान्सर बाट थलिएका निराजनको निधन भईसकेको छ ।

https://www.facebook.com/profile.php?id=100018133241999
















































। २८ आश्विन २०७७, बुधबार