
अशोक विश्वकर्मा
असोज २८ तनहुँ । स्थानीय तहको निर्वाचन र जनप्रनिधिहरुको आगमनसँगै तनहुँका केही स्थानीय तहमा दलित लगायतका बर्ग माथि हुने जातीय विभेद अन्त्यका लागि पहल भएको देखिन्छ । नगर÷गाउँ पालिकामा दलित समुदायका जनप्रतिनिहरुकै नेतृत्वमा उपेक्षित उत्पिडित दलित वर्ग उत्थान विकास समिति गठन गरेर जातीय विभेदका विरुद्ध केही कार्यक्रमहरु भए ।
सचेतनामुलक कार्यक्रम, अन्तरजातीय विवाहलाई सम्मान, दलित समुदायमा अन्तरक्रिया लगायतका कार्यक्रम भएता पनि परिणाम भने शुन्य प्राय छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नगर कार्यपालिकाको मुल गेट देखि प्रत्येक वडा कार्यालयका प्रवेशद्धारमा जातीय विभेद गर्न नपाइने चेतना मुलक बोर्ड झुन्ड्याइएको छ ।
बोर्ड हेर्र्दै सेवा लिन पुग्ने अधिकाँश नगरवासीहरुमा जानकारी भएता पनि ब्यवहार भने परिवर्तन नगर्ने गरेको कार्यपालिका सदस्य भरत लामगादेले बताउनु भयो । लामगादेकै नेतृत्वमा गठित समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको भएता पनि ब्यवहारिक परिवर्तनमा भने समस्या देखिन्छ । उहाले कुनै न कुनै रुपमा दलित समुदायले विभेद भोग्न बाध्य रहेको जनाउनुभयो । उहाँले प्रत्यक्ष विभेद नभएको जस्तो कम देखिएता पनि अप्रत्यक्ष रुपमा अर्थात फेरिएको स्वरुपमा विभेद हुने गरेको बताउनुहुन्छ ।
यस्तै यता जिल्लाको भिमाद नगरपालिकामा समेत जातीय विभेद अन्त्यका लागि विभिन्न वडामै पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । समितिका उपाध्यक्ष सालिकराम सुनारले विभेद विरुद्ध निरन्तर कार्यक्रमसँगै कार्यन्वयन पक्ष बलियो हुनुपर्ने बताउनुभयो । उहाँले जातीय रुपमा हुने समानता अन्त्य गर्न स्थानीय तहले नै मुल समस्याको रुपमा प्राथमिकता दिएर चासो दिनुको विकल्प नभएको बताउनुभयो ।
जिल्लामा रहेका दलित अधिकारकर्मीहरु समेत निरन्तर दलित समुदायका बृत्तिविकासका लागि चिन्तित हुन नसक्दा अपेक्षाअनुसार परिवर्तन हुन नसकेको दलित अधिकारकर्मी विकास सुनार विकासले बताउनुभयो । उहाँले दलित समुदाय एउटै एजेण्डा केन्द्रित भएर लागि पर्नुपर्ने बेला आएको समेत बताउनुभयो ।
















































। २८ आश्विन २०७७, बुधबार