![]()
![]()
जाजरकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जाजरकोटको सहयोगमा आगामी सिजनमा सहुलियत दरमा सुन्तलाको जुस बजारमा आउने भएको छ । उद्योग संचालन गर्न परियोजना कार्यान्वयन इकाईबाट सहयोग अनुदान लिएको रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सहुलियत दरमा आगामी सिजनमा सुन्तलाको जुस बजारमा ल्याउने भएको हो ।
सुन्तला र मौरी जोनमा काम गर्दै आएको परियोजना कार्यान्वयन इकाई, जाजरकोटले यस बर्षदेखि २ दशमलब ३३ मेट्रीटन मह उत्पादनमा बृद्धी हुने परियोजना कार्यान्वयन इकाई, जाजरकोटका निमित्त प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । प्रत्येक बर्षमा भईरहेको उत्पादनलाई बृद्धी गर्न परियोजना कार्यान्वयन इकाईले ५० प्रतिशत अनुदानमा ४ सय ४५ वटा आधुनिक मौरीघार बिस्तार गरेको निमित्त प्रमुख बस्नेतले बताए ।
मौरी घार उद्योग बिस्तार गर्न परियोजना कार्यान्वयन इकाईले ३ वटा उद्योगलाई सामाग्री सहयोग अनुदान प्रदान गरेर मौरी घार उत्पादन श्रोतकेन्द्रका रुपमा विकास भएको बस्नेतको भनाई रहेको छ ।
परियोजना कार्यान्वयन इकाईको सहयोग अनुदानमा कुशे गाउँपालिका–५ दम्दालामा रहेको प्रगतिशिल युवा कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको सोलार स्टोरमा शुन्य शक्तिमा भण्डारण गरिएको ५ देखि १० मेट्रीटन सुन्तला फागुन–चैत महिनामा बजारमा विक्रि गर्न सक्ने भएको इकाई प्रमुख बस्नेतले दावी गरे । परियोजना कार्यान्वयन इकाईको सहयोगमा जाजरकोट कोशेली एण्ड सप्लायर्सले सदरमुकाम खलंगामा कोशेली घर स्थापना गरेको छ ।
उक्त कोशेली घरमा मह, सुन्तला, टिमुर, अदुवा र बेसार जस्ता स्थानीय उत्पादनहरु एकै ठाउँबाट बिक्रि सवतरण भईरहेको इकाई प्रमुख बस्नेतले बताएका छन् । साना सिंचाई निर्माण तथा मर्मसम्भार गरेर परियोजना कार्यान्वयन इकाईले ३१ हेक्टर सिंचित क्षेत्र विस्तार गरेको प्रमुख बस्नेतको दावी छ ।
कृषि तथा वन विश्व बिद्यालय रामपुर चितवनको सहयोगमा परियोजना कार्यान्वयन इकाई जाजरकोटले जिल्लाको मौरी पालन र मौरी उत्पादन सम्बन्धिको सामाजिक तथा आर्थिक अबस्थाको विश्लेषण तथा अध्ययन भईसकेको निमित्त प्रमुख बस्नेतले बताएका छन् ।
डेबिट बिष्टद्धारा गरिएको अध्ययनले अधिकांश किसानहरु निर्वाहमुखी खेति प्रणालीमा रहेको, आधुनिक खेती प्रणालीमा नयाँ टेक्नोलोजीको प्रयोगको अभाव देखिएको, प्रयाप्त ज्ञान तथा सिप विकास सम्बन्धि किसानहरुलाई प्रशिक्षणको अभाव, मौरीमा लाग्ने विभिन्न जातका किराहरुको समस्या देखिएको, वनस्पतिको अभाव र प्रशोधन तथा बजारीकरणको अभाव जस्ता बिषयलाई देखाएको निमित्त प्रमुख बस्नेतले जानकारी दिए । त्यसैरी कृषि तथा वन विश्व बिद्यालय रामपुर चितवनकै सहयोगमा परियोजना कार्यान्वयन इकाई जाजरकोटले जिल्लामा सुधारिएको बगैंचा प्रबन्धन अभ्यासहरुको अध्ययन गरिसकेको छ ।
निर्मला भुसालद्धारा गरिएको अध्ययनले जाजरकोटका प्राय बगैचाहरु सामान्यतय सुधार गरिएको, व्यवस्थापन अभ्यासहरुमा बगैचाको भुगोल छनौट, खाडल खन्ने, मल प्रयोग गर्ने, बिरुवालाई सिंचाई गर्ने, बिरुवाको छाँटकाँट आदी गर्ने गरेको देखाएको छ ।
परियोजनाले गरेका उल्लेखिय कार्यमा कोभिड–१९ ले गर्दा गरिएको लकडाउनका बाबजुत पनि १ सय ३० हेक्टर सुन्तलाजात फलफुलको क्षेत्र विस्तार गर्नु, सेलार स्टोरको निर्माण गर्नु र ३१ हेक्टर सिंचित क्षेत्र विस्तार गर्नुलाई उपलब्धीका रुपमा लिईएको छ । #डिजिटल सञ्चार#
















































। २७ आश्विन २०७७, मंगलवार