
जाजरकोट । ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जाजरकोटका ८० जना वृद्धवृद्धालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक जिल्ला संघ जाजरकोटको आयोजनामा गरिएको कार्यक्रममा जाजरकोटका वृद्धावृद्धलाई सम्मान गरिएको हो ।
भेरी नगरपालिकाले वृद्धावृद्धलाई राहत स्वरुप ५० हजार आर्थीक सहयोग गरेको वृद्धाआश्रम जाजरकोटका अध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार, जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टरहरु बाट स्वास्थ्य परिक्षणका साथै, औषधी वितरण गरिएको छ । उपस्थित सबै वृद्धावृद्धहरुले खुशी व्यक्त गरेका छन ।

कार्यक्रममा , भेरी नगरपालिका उप प्रमुख भावना भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी, प्रहरी निरीक्षक महेशकुमार आचार्य लगायत स्थानीय वुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
















































। २७ आश्विन २०७७, मंगलवार