
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न पाईने भएको छ । कुशे गाउँपालिकाको वडा ९ पैंकमा मालिका बहुमुखी क्याम्पस उद्धघाटन गरे संगै अव कुशेमा उच्च शिक्षा पढ्न पाईने भएको हो ।
जिल्लाको विकट मानिएको कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न बाट सयौँ विद्यार्थी बञ्चित हुनुपरेको अवस्थालाई ख्याल गरी गाउँपालिकाले क्याम्पस सञ्चालनमा ल्याएको छ । दुर्गम गाउँमा उच्च शिक्षा प्रदान गरिने योजनाका साथ क्याम्पस सञ्चालन गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
क्याम्पसको उद्धघाटन गरे संगै सयौँ विद्यार्थी निकै हर्षित भएका छन । कुशे प्रमुख,उपप्रमुख,कार्यकारी लगायत कुशे का विभिन्न वडा का वडा अध्यक्ष ,पार्टी प्रतिनिधि, विद्यालयका प्र अ ,विभिन्न सरकारि तथा गैरसरकारी निकाय का प्रतिनिधि ,सरोकारवाला को सहभागिता रहेको सहकर्मी गंगबहादुर चन्दले जानकारी दिए ।

















































। २७ आश्विन २०७७, मंगलवार