जाजरकोटका विद्यालयमा अनलाईन कक्षा प्रभावकारी भएन

फोनले काम नगर्ने ठाउँमा अनलाईन कक्षा

जाजरकोट । कोरोनाका कारणले विद्यालय लामो समय बन्द भए । सरकारले विद्यार्थीको सिकाइ नटुटोस् भनेर बैकप्लिक सिकाइलाई मान्यता दिएको छ । तर, जाजरकोटका दुर्गम क्षेत्रमा अनलाइन मार्फत हुने बैकल्पिक सिकाई प्रभाबकारी भएको छैन ।

पढाई प्रभाबकारी छैन, तर निजि विद्यालयको शूल्क भने तिर्नु परेको अभिभावकको गुनासो छ । कोरोना महामारीका कारण चैत्र ६ गते देखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भए । लामो समयसम्म बालबालिका घरै बस्दा सिकाईमा प्रभाब परेको भन्दै सरकारले बैकल्पिक शिक्षालाई मान्यता दियो । तर जाजरकोटमा बैकल्पिक शिक्षा प्रभाबकारी देखिएको छैन । इन्टरनेटको पहुँच नभएका कारण बालबालिकाले पढ्न पाएका छैनन्, तर अभिभावकले विद्यालयको रकम भने तिर्नुपरेको छ । ईन्टरनेटकै कारण माध्यामिक देखि उच्च माध्यामिक तह सम्मका विद्यार्थी प्रभावित बनेका छन ।

बारेकोट गाउँपालिका २ बारेकोटका गणेश विक पाल्पाको एक विद्यालयमा ओभरसियर पढ्दै आएका छन । इन्टरनेटको राम्रो पहुँच नभएका कारण पढाई प्रभाबकारी नभएको उनले दुखेसो पोखे । इन्टरनेटको अभाब, स्मार्ट फोन, ल्यापटप, आइप्याड लगायतका सुविधायुक्त साधनहरुमा पहुँच नभएकाले जाजरकोटमा बैकल्पिक शिक्षा कार्यान्वयन नभएको भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा अध्यनरक्त प्रविन विकको भनाई छ ।

सबै ठाँउका विद्यार्थीहरु नेटको पहुँचमा छैनन् । नेटको पहुँच भए पनि सबै विद्यार्थीहरु संग नेट चलाउने उपकरण छैन । जसले गर्दा बैकल्पिक शिक्षाले लक्ष्य अनुसारको प्रतिफल दिएको छैन । यसले विद्यार्थीलाई झन दोहोरो आर्थिक भार पु¥याएको सिभील ईन्जिनियर अध्ययन गरिरहेका बारेकोट गाउँपालिका १ का कालीबहादुर बुढाले बताए ।

जाजरकोटमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समयमा बढेको भए पनि इन्टरनेट सेवा महँगो र अस्थीर पनि छ । जाजरकोटका विभिन्न ठाउँमा अनलाईन कक्षा प्रभावकारीता नभएको सरोकारवालाहरुको भनाई छ ।

फोनले काम नगर्ने ठाउँमा अनलाईन कक्षा
जाजरकोटका अधिंकाश ठाउँमा टेलिफोनले समेत काम नै गर्दैन । तर विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुले सरकारले सञ्चालनमा गरेको वैकल्पिक पद्धति अनलाईन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । भेरी ज्ञानोदय क्याम्पस खलंगामा अध्यनरक्त बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले भने अनलाईन कक्षाको दर्शन नै गरेको छैनन । कसरी दिने परीक्षा भन्ने चिन्तामा परेका छन । उनी जस्तै धेरै विद्यार्थी निकै चिन्तामा छन ।

जाजरकोटमा अधिकांश विद्यालयमा पठनपाठन बन्द नै रहेका छन । अनलाईन कक्षा सञ्चालन गरिरहेका विद्यालयमा नियमित पठनपाठन हुदैन । अनलाईन कक्षा निकै जटिल भएको भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका क्याम्पस प्रमुख चन्दबहादुर बुढाले बताए । उनले भनेर्, जाजरकोट जस्तो जिल्लामा जहाँ टेलिफोनले काम गरेको छैन । त्यहाँ अनलाइन कक्षा । हाम्रो क्याम्पसमा आएका विद्यार्थीहरु अहिले निकै विचल्लीमा छन ।र्’ कोही कोही विद्यार्थी मात्र सदरमुकाम रहेका छन । उनीहरु कहिले काँही पढ्छन ।’

सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको उनको भनाई छ । २१ औँ शताब्दीमा समेत ईन्टरनेटले काम नगर्दा यहाँका अधिंकाश विद्यार्थी अनलाईन कक्षा बाट बञ्चित भएका छन ।                           #भेरीमालिका #

तपाईको प्रतिक्रिया