मन्त्री बस्नेतकाे पहलमा : जाजरकोटका पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण हुने

जाजरकोट । जनताको पहुँचमा स्वास्थ्य संस्था नरहेको भनी चर्चामा आउने जाजरकोटमा एकै पटक पाँच ठाउँमा स्वास्थ्य संस्था निर्माणको कार्य सुरु भएको छ । जिल्ला सदरमुकाममा ५० शैया र अन्य स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणको काम सुरु भएको छ । पुर्वको नलगाड नगरपालिका दल्लीमा १५ शैयाको अस्पताल निर्माणका लागि स्वीकृत भएको छ ।

निकट दिनमै निर्माणको काम सुरु हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै छेडागाड नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको लागि स्वीकृत भई यसै वर्षमा निर्माण कार्य सुरु हुने भएको छ । जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणकोे लागि समेत स्वीकृत भई काम सञ्चालनको चरणमा पुगेको मन्त्री बस्नेतले जानकारी दिए ।

पश्चिम जाजरकोटको शिवालयमा १० शैयाको अस्पताल समेत स्वीकृत भई काम यसै आर्थिक वर्षमा काम सुरु हुने मन्त्री बस्नेतको भनाई छ । स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने योजनाका साथ एकै कामको सुरुवात भएको मन्त्री बस्नेतले बताए । उनले भने, अव अर्को चुनावका हाम्रा एजेण्डा नयाँ हुँनेछन् अव पुराना एजेण्डा सवै हल यसै पटक हल हुने छन् । ”

खानेपानी , विद्युत र टेलिफोनका लागि जाजरकोटलाई छुट्टै भागमा विभाजन काम सुरु भएको उनको भनाई छ । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पूल निर्माणका लागि बोलपत्र आवह्वान भई काम सुरु भएको छ ।

 

त्यस्तै जाजरकोट – डोल्पा सडक खण्डमा पिचको लागि जिरो प्वाइन्ट पासागाडबाट काम सुरु भएर चिसापानी सम्म काम सुरु भएको र बाँकी कामको डिपिआर काम भईरहेको सडक डिभिजन चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । पुल र पिचको काम सँगै लिएर जाने मन्त्रीज्यूबाट आग्रह भए वमोजिम अहिले तिव्र रुपमा काम भईरहेको प्रमुख भट्टले बताए । सल्यानको सल्लीबजार देखि जाजरकोट सदरमुकाम सम्म १० पूल निर्माणको अन्तिम चरणमा पुगेका छन ।

तपाईको प्रतिक्रिया