
रुकुम पश्चिम । भ्रष्टाचार विरुद्ध गाउँ बस्ती जगाउँ युवा विद्यार्थी संयुक्त अभियान सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिम र युवा संगठन नेपाल, रुकुम पश्चिमको संयुक्त आयोजनामा गाउँ बस्तीहरुमा विभेद र भ्रष्टाचार विरुद्ध गाउँ बस्ती जगाउँ अभियान थालनी गरिएको हो ।
जनतालाई सबै प्रकारका विभेद, अन्याय, शोषण, दमन र उत्पीडनबाट मुक्ति प्राप्त गर्नको लागि जागरण ल्याउने, व्याप्त भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिन जनतालाई अपिल गर्ने, महिनौंसम्म
कोरोना भाइरस (कोभिड(१९) को कारण अस्तव्यस्त पठनपाठन सुचारु गर्नुपर्ने सन्देश प्रवाह गर्ने र मुलतः सन्निकट रहेको क्रान्तिको पक्षमा आम जनता,युवा, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई
एकीकृत जनक्रान्तिमा गोलबन्द गर्ने उदेश्यका साथ उक्त अभियान सुरु गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रेम प्रशान्त बोहराले जानकारी दिए ।
रुकुम (पश्चिम) का विभिन्न गाउँगाउँ बस्तीबस्तीहरुमा
चलिरहेको अभियानमा युवा, विद्यार्थी, महिला र किसान संगठनहरु पनि गठन गरेको छ । कोरोना भाइरसका कारण लामो समय शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई पनि समुदाय स्तरमा शिक्षण सिकाइ कार्यक्रम समेत अखिल (क्रान्तिकारी) रुकुम (पश्चिम) र युवा संगठन नेपाल रुकुम (पश्चिम) को अभियान गरिरहेको छ ।
















































। २३ आश्विन २०७७, शुक्रबार