जिप दुर्घटनामा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु, दुई जना अझै वेपत्ता

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिको लोडनीमा यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्ष सहित पाँच जनाको ज्यान ज्यान गएको छ ।

लोडनीमा दुर्घटना भएको जीपमा जुनीचाँदे गाउँपालिका वडा ११ का वडाध्यक्ष अमर बहादुर शाही सहित ५ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार, भे १ ज ९ सय ३५ नम्बरको जीप दुर्घटना भएको छ ।

५ जनाको ज्यान गएको र २ जना वेपत्ता रहेका छन । स्थानीयको अवरोद्धका कारण प्रहरी प्रशासनलाई खोजी गर्न समस्या भईरहेको रहेको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले प्रारम्भिक जानकारी आएको बताए । बस सडक बाट ५ सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया