BREAKING NEWS : जिप दुर्घटनामा ज्यान गुमाउनेको सनाखत

जाजरकोट । जुनीचाँदे गाउँपालिकाको लोडनीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । ज्यान गुमाउनेमा, जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष  अमरबहादुर शाही, कृतिबहादुर शाही, खीमबहादुर शाही, मालिका बस्नेत कृष्णबहादुर शाही रहेको सहाययक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।

दुई जना पानीमा वेपत्ता भएको उनको भनाई छ । गाउँ कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगा बाट पराले जीप दुर्घटना भएको हो । जिपमा सवार जुनीचाँदे ११ का नरबहादुर खड्का घाइते भएका छन ।

तपाईको प्रतिक्रिया