२१ आश्विन २०७७, बुधबार

जीव दुर्घटना: वडा अध्यक्ष सहित ७ जना बेपत्ता भएको अनुमान

जिल्लाको जुनिचादे गाउँपालिका काप्रामा जीव दुर्घटना हुदा ७ जनाको ज्यान गएको अनुमान गरिएको छ । बुधबार दिउँसो ट्याक्सी दुर्घटनामा परेको हो । दुर्घटना के कसरी भयो एकिन हुन नसकेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । उक्त ट्याक्सिमा वडा न. ११ का वडा अध्यक्ष अमर बहादुर शाही समेत सवार रहेको पाईएको छ भने थप विवरण आउन बाकी छ ।