स्वास्थ्यमा बदलियो बारेकोट, ९९ प्रतिशत महिलाले गराए स्वास्थ्य संस्थामा सुत्केरी

स्थानीय सरकारकाे प्रभावकारी काम, प्रोत्सान भत्ताले दियालएको खुशी

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा ९९. ३ प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुने गरेका छन् । घरैमा सुत्केरी हुदाँ कतीले त अकालैमा ज्यान गुमाउने गरेका छन् । स्वास्थ्य संस्थाबाट नियमित गर्भजाँच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोत्साहन रकम समेत दिदै आएको थियो । गाउँपालिकाबाट थप १ हजार रकम थप गरेपनि ३ बर्ष यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्या चार गुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

उनका अनुसार, आर्थीक बर्ष २०७६÷०७७ मा नियमित गर्भवती गरानेको संख्या ८२.९ प्रतिशत पुगेको छ । नियमित खोप कार्यक्रममा ९० प्रतिशत, परिवार नियोजन दर ३७ प्रतिशत वृद्धि भएको छ । १ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आकस्मिक उपचार कोषबाट ५० जनालाई साहायता रकम सहयोग गरिएको गाउँपालिकाको तथ्यांकमा छ । ९ वटै वडामा स्वास्थ्य संस्था सञ्चालन हुदाँ आधारभुत स्वास्थ्य सेवामा जनताको पहुँच पुगेको गाउँपालिकाको दावी छ ।

गाउँपालिका सञ्चालनपछि स्वास्थ्य संस्थाहरु व्यवस्थापन, महिला स्वास्थ्य स्वंयसेविकालाई महिनाको २ हजार प्रोत्साहन रकम व्यवस्थापन लगाएत कार्यक्रम संन्चालन गरेपछि यो दर बढेको सिंहको भनाई छ । पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिलाहरु पछिल्लो ३ बर्ष यता स्वास्थ्य चेतना जागरुप भएपछि स्वास्थ्य संस्थामा आउने गरेको सिंहले जानकारी दिए ।

स्वास्थ्य संस्था भन्दा घरैमा असुरक्षित रुपमा सुत्केरी हुने महिलाको संख्या ३ बर्ष अघि धेरै कम रहेको गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताइन । स्थानीय सरकार आएपछि महिलाहरुको लागि विशेष कार्यक्रम संचालन गरेको शाहीको भनाई छ ।

पहिला महिलाहरु स्वास्थ्य संस्था नआएर घरमा नै असुरक्षित सुत्केरी हुने चलन रहेकोे भनाई छ । भौगोलिक विकटता, चेतनाको अभाव, गरीवी, गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च नहुनु लगाएत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र कमै महिलाहरुले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेको शाहीको भनाई छ । अहिले बारेकोटमा सडक सञ्जाल जोडियो, गाउँघरमै सहजै सरकारी सेवा उपलब्ध भएका छन् उपाध्यक्ष शाहीले भनिन् । स्वास्थ्य संस्था बाहिर असुरिक्षत सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा हुन्थ्यो ।

बारेकोटमा मातृमृत्यु शुन्य रहेको छ । गत बर्ष ५ सय ६ गर्भवती महिला मध्ये ३ सय ४८ जनाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा थिए । आर्थीक बर्ष ७६÷७७ मा ९९.३ प्रतिशत महिलाले सुरक्षित सुत्केरी गराएका छन । पहिले साविकका ३ गाविस सक्ला, रामीडाँडा, नायकबाडा, रोकायगाउँ गरी ४ ठाउँमा स्वास्थ्य संस्था थिए । अहिले ६ स्थानमा आधारभुत सामुदायीक स्वास्थ्य इकाई सञ्चालित भएका छन् ।

४ ठाउँमा प्रसुती केन्द्र सन्चालनमा आएपछि बारेकोटका महिलाहरुको स्वास्थ्य संस्थामा पहुँच पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए । बारेकोट १ रामीडाँडाकी २२ बर्षिया देविका नेपाली नियमित गर्भ जा“च नगराउने र ब्यथाले चापेपछि मात्र अस्पताल जाने चलन भएको बताउँदै, आफुले त्यो चलन तोडेको उनको भनाई छ ।

स्वास्थ्य संस्थामा गएपछि रुपैयाँ पाइने, नुन, तेल, सावन, कपडा पाउने भएपछि आफुजस्तै धेरै महिला स्वास्थ्यामा गएर सुत्केरी हुने गरेको नेपालीले बताइन । घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहेने गरेको भन्दै अस्पताल तथा स्वास्थ्यमा गएर गर्भजाच तथा सुत्केरी हुनु महिलाका लागि फाइदा जनक छ उनको अनुभुति रहेको छ ।

सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोतसहान रकम समेत दिदै आएको छ यसैमा जाजरकोटका स्थानीय तहहरुले थप प्रोत्साहान रकम उपलब्ध गराउने गरेपछि घरमा नै असुरक्षित सुत्केरी हुने महिलालाई अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा आएर स्वास्थ्य सेवा लिने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्ताे छ विवरण ।

No photo description available.

तपाईको प्रतिक्रिया