जाजरकोट । गत असार २५ गते राति आएको बाढी पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउदा १२ जनाको ज्यान गएको थियो भने, वडा नम्बर ६ को धुमामा माथिबाट आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको थियो । उक्त बाढी पहिरोबाट प्रभावित हुनेहरुमा वडा नम्बर १ का ७ घरधुरी, २ का ५ घरधुरी,४ का २६ घरधुरी, ५ का १४ घरधुरी, ६ का ३७ घरधुरी, ७ का २ घरधुरी र ८ मा १ घरधुरी गरी जम्मा ९३ घरधुरी रहेका छन् ।
९३ घरधुरीका ६ सय ५० जना मध्ये २ सय ८५ जना महिला, २ सय ८३ जना पुरुष र ८२ जना बालबालिका रहेका छन् । गाउँपालिकाले निकालेको तथ्याङ्क अनुसार २ करोड ५१ लाख ९८ हजार बराबरको उक्त बाढीपहिराले अनुमानित क्षेति पुर्याएको थियो ।
गाउँपालिकाले निकालेको तथ्याङ्कमा घर, गोठ, शौचालय र खानेपानी तर्फ भएको क्षेति मात्र उल्लेख गरिएको छ । तथ्याङ्कका अनुसार पुरै भत्किएका ६०, उच्च जोखिम ४९, जोखिम ७, सामान्य १, पाखो मात्र भत्केका ४, चर्केका मात्र ११ र केहि नभएका ११ वटा घर गोठहरु रहेका छन् । त्यसैगरी घरबाट बिस्थापित भएर हालसम्म विद्यालयमा बस्ने ७ घरपरिवार, सार्वजनिक स्थानमा बस्ने ७ घर परिवार, आफन्तको घरमा आश्रित १५ घरपरिवार र आफ्नै अर्को घरमा बस्ने ७ घर परिवार रहेका छन् ।
कुनकुन संस्थाले दिए राहत ?
प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाईटी, पहाडी क्षेत्र विकास अभियान जाजरकोट, विश्व खाद्य कार्यक्रम, सेभ ल चिल्ड्रेन, कोपिला भ्याली सेवा समाज सुर्खेत, कोरिया सेवा समाज कर्णाली प्रदेश र अमेरिका स्थित नासो कम्युनिटीले गाउँपालिका मार्फत सहयोग गरेका थिए भने, जनार्दन शर्मा, वीरबहादुर गिरी, सेल्फहेल्प नेपाल, साईनिङ्ग अस्पताल (आईएनएफ) नेपाल, रचना चन्द अधिकारी र जयन्ती थापाले पनि राहत सहयोग गरेका थिए ।
गाउँपालिका मार्फत नेपाल रेडक्रस सोसाईटीले बाढी पहिरो पिडितहरुलाई ३ सय ६५ वटा पाल र ३ सय १२ वटा कम्मल सहयोग गरेको थियो । पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले पनि गाउँपालिका मार्फत बाढी पहिरो पिडितहरुलाई ३ सय ४५ वटा सेल्टर किट, ३ सय ४५ वटा हाईजेनिक किट, ३ सय ४५ वटा डाईजेनिटि किट, ३ सय ४५ वटा पाल, ३ सय ४५ वटा कम्मल र ४ सय पिउस सहयोग गरेको थियो ।
विश्व खाद्य कार्यक्रमले प्रतिपरिवार ३० किलो चामल, ९ किलो दाल, ढाई लिटर तेल र १ किलो नुन ७ सय ७४ घरपरिवारलाई आफैले बितरण गरेको थियो भने, ४ सय २४ पोका तेल र १५ सय ४८ किलो बिस्कुट गाउँपालिका मार्फत बितरण गरेको थियो । साथै विश्व खाद्य कार्यक्रमले ६ देखि २३ महिनासम्मका बाल बालिकाहरुलाई ६ किलोका दरले पोषिलो पिठो बितरण गरेको थियो ।
त्यसैगरी सेभ द चिल्ड्रेनले ५० वटा किचन युटनसिल, १ सय हाईजेनिटि किट, दुई बर्षसम्मका बाल बालिकाहरुका लागि १ सय वेबि प्याक, ३ देखि ५ बर्षसम्मका बाल बालिकाहरुका लागि १ सय वेबि प्याक, १ सय हाईजेनिक किट, ५० वटा उइट्राईजेसन किट, १ सय ढक्कन सहितका २० लिटरका बाल्टी, १ सय टुटी सहितका २० लिटरका बाल्टी, १ सय १० लिटरका बाल्टी र ९ वटा हाईजेनिक किट (पम्पलेट) गाउँपालिका मार्फत वितरण गरेको थियो ।
कोपिला भ्याली सेवा समाज सुर्खेतले पनि २५ किलोको १ सय बोरा चामल, ८४ बाकस स्यानीटरी प्याड, २५ किलोका १ बोरा चिउरा, १६ बाकस जीवन जल, ८ पेटी साबुन, १० वटा सर्बोतम पिठो, २२ पोका राईस ईन आईरन, ४ सेट बच्चाको कपडा, १ सय ३३ वटा बच्चाको कट्टु, ६ वटा पेटिकोट, ६ वटा टिसट, २ सय पिउस, २५ वटा निप्पल, २७ बोरा ल्याक्टो जिन गाउँपालिका मार्फत बितरण गरेको थियो । २५ किलोको २ सय बोरा चामल र १६ बोरा दाल कोरिया सेवा समाज कर्णाली प्रदेशले गाउँपालिका मार्फत बितरण गरेको थियो ।
अमेरिका स्थित नासो कम्युनिटीले गाउँपालिका मार्फत १ लाख ५५ हजार ७ सय ७८ रुपैया नगद सहयोग गरेको छ । त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा मार्फत आएका २ सय १० पाल र कम्मल बितरण गरिएको छ । पत्रकार वीरबहादुर गिरीको नेतृत्वमा संकलन गरिएको राहतबाट १ सय ६५ बोरा चामल, ३ सय ३० पोका तेल र १ सय ६५ पोका नुन वितरण गरेका थिए ।
सेल्फहेल्प नेपालले १ लाख ११ हजार ७ सयको चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामाग्री वितरण गरेको थियो । समाज सेवी रचना अधिकारी र जयन्ती थापाले सार्कीटोलका मृतक परिवारलाई १७ हजार ५ सय ४० रुपैया नगद सहयोग गरेका थिए । सुर्खेतको कालागाउँ स्थित साईनिङ्ग अस्पताल (आईएनएफ) नेपालले सार्कीटोलका पहिरो पिडित १२ परिवारलाई प्रति परिवार सरसफाईका लागि ढक्कन सहितको २० लिटरको बाल्टी, १ मग, तौलिया, नङ्गकट, ४ चक्की डिटोल साबुन, २ चक्की लुगाधुने साबुन, ४ थान तुथब्रस, ४ थान तुथपेष्ट, १ ऐना, १ काङ्गियो, ३ थान स्यानिटरी प्याड सहितको हाईजिन किट सेट हस्तान्तरण गरेको थियो भने, खाद्य सामाग्रीमा २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल, २ सय ग्राम मसला वितरण गरेको थियो । त्यसैगरी प्रति परिवारलाई २ बण्डल (९ फिटे १६ वटा) कर्कट पाता र २० फिट प्लेन पाता साईनिङ्ग अस्पताल (आईएनएफ) नेपालले बितरण गरेको थियो ।
त्यसैगरी सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको पहलमा संचालन गरिएको ‘महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान’ ले बारेकोट गाउँपालिका १ सय घर परिवारलाई प्रतिपरिवार २५ किलो चामल र ५ किलो दाल बितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ । #डिजिटल सञ्चारकाे सहयोगमा#
















































। २० आश्विन २०७७, मंगलवार