भेरीको एक बर्षको प्रगति सार्वजनिक, ७५ प्रतिशत वित्तिय प्रगति

९४ लाख ८५ हजार बेरुजु

जाजरकोट । भेरी नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी सुक्रबार सम्पन्न भएको छ । बार्षिक समिक्षा गोष्ठीले आयोजनाहरुको क्षेत्रगत वित्तिय प्रगति ७५ प्रतिशत देखाएको छ । खानेपानी, सडक, सिंचाई, भवन, पुल र अन्य गरेर नगरपालिकाले आयोजनाहरुको ६ वटा क्षेत्र निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद कोइरालाले जानकारी दिए ।

नगरपालिकाले छनौट गरेका १ सय २३ वटा आयोजनाहरु मध्ये १ सय १६ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको र ७ वटा बाँकी रहेको अधिकृत कोइरालाको भनाई रहेको थियो । अधिकृत कोइरालाले दिएको जानकारी अनुसार छनौट गरिएका २१ वटा खानेपानी आयोजनामा १८ वटा सम्पन्न भएका छन् भने, ३ वटा बाँकी रहेका छन् ।

जसको बित्तिय प्रगति ६९ दशमलब ९४ प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका ३३ वटा सडक आयोजनाहरुमा ३३ वटै सम्पन्न भएका छन् । जसको बित्तिय प्रगति ८९ दशमलब ५३ प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका १० वटा सिंचाई आयोजना मध्ये ९ वटा सम्पन्न भएका छन् भने, १ वटा बाँकी रहेको छ । जसको बित्तिय प्रगति ९३ दशमलब ४१ प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका २७ वटा भवनहरु मध्ये २७ वटै भवनको काम सम्पन्न भएको छ । जसको बित्तिय प्रगति ६४ दशमलब ४० प्रतिशत रहेको छ ।

नगरपालिकाले छनौट गरेको १ वटा पुलको काम सम्पन्न भएको छ । जसको बित्तिय प्रगति ९१ दशमलब ८० प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका अन्य ३१ वटा आयोजनाहरु मध्ये २८ वटा आयोजनाहरु सम्पन्न भएका छन् भने, ३ वटा आयोजनाको काम बाँकी रहेको छ । जसको बित्तिय प्रगति ८३ दशमलब २९ प्रतिशत रहेको छ ।

आयोजना तर्फको जम्मा १० करोड ५० लाख ८ सय बजेट मध्ये भेरी नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड १४ लाख ८५ हजार १ सय ६९ रुपैया खर्च गरेर जम्मा ७५ दशमलब ६० प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको छ । नगरपालिकालाई प्राप्त संघिय सरकारको बित्तिय सामाकिरण अनुदान, संघिय सरकारको सशर्त अनुदान, संघिय सरकारको समपुरक अनुदान, संघिय सरकारको बिशेष अनुदान, संघिय सरकारको राजश्वबाँडफाँड, प्रदेश सरकारको बित्तिय सामाकिरण अनुदान र गत आर्थिक बर्षको संचित रकम गरि जम्मा ५४ करोड ५९ लाख ७ हजार २ सय ६५ रुपैया नगरपालिकाको संचित कोषमा जम्मा भएको अधिकृत कोइरालाले बताए । उनले उक्त संचित कोषबाट ४८ करोड ४१ लाख ७ हजार १ सय ६ रुपैया खर्च भएर ६ करोड १८ लाख १ सय ५८ रुपैया संचित कोषमा बाँकी रहेको बताए ।

१ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ९८ लाख ८१ हजार ७ सय ९७ रुपैया राजश्व संकलन गरी ७९ दशमलब ५ प्रतिशत उपलब्धी हासिल गरेको छ । १२ लाख २ हजार असुल गर्नुपर्ने बेरुजु, २९ लाख ३९ हजार कागतजात पेश गर्नुपर्ने बेरुजु, ४६ लाख २६ हजार नियमित गर्नुपर्ने बेरुजु र ७ लाख ८ हजार पेश्की पेरुजु गरि जम्मा बेरुजु ९४ लाख ८५ हजार रहेको अधिकृत कोइरालाले बताए ।

उक्त समिक्षा गोष्ठीमा नगरपालिकाले छनौट गरेका १ सय २३ वटा आयोजनाहरुमा १ सय १६ सम्पन्न भएका छन भने, ७ वटा बाँकी रहेको देखाईएको छ । त्यसैगरी कर्णाली प्रदेश पूर्बाधार बिशेष तर्फका ६ वटा आयोजना मध्ये २ वटा सम्पन्न भएका छन् भने, ४ वटा बाँकी रहेका छन् । स्थानिय पूर्वाधार साझेदारी तर्फका ९ वटा आयोजनाहरु मध्ये ७ वटा सम्पन्न भएका छन् भने, २ वटा बाँकी रहेका छन् । कर्णाली प्रदेशको सशर्त अनुदान तर्फका ३ वटा आयोजना मध्ये २ वटा सम्पन्न भएका छन भने, १ आयोजना सम्पन्न हुन सकेको छैन ।

कर्णाली प्रदेशको बिशेष अनुदान तर्फका १ आयोजना सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेशको समपुरक अनुदान तर्फका २ वटै आयोजनाको काम सम्पन्न हुन सकेनन् । संघिय सरकारको समपुरक अनुदानको १ आयोजनाको काम सम्पन्न हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सशर्त अनुदानका ७ वटै आयोजनाहरुको काम सम्पन्न हुन सकेन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका ९ वटै आयोजना सम्पन्न भएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका २ वटा आयोजना मध्ये १ सम्पन्न भएको छ भने, १ सम्पन्न हुन सकेको थिएन । उक्त आयोजनाहरुको काम सम्पन्नताका लागि नगरपालिकाले प्राप्त गरेको जम्मा रकम १९ करोड १८ लाख ८ सय मध्ये १४ करोड ३८ लाख ६० हजार ४ सय १५ रुपैया खर्च गरेर ७५ दशमलब १ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ ।

मास्क, सेनिटाईजर, आरडिटी, पिसिआर किट खरिद, क्वारिन्टिनको सामान खरिद तथा व्यवस्थापन, कोरोना प्रभावित परिवारलाई राहत वितरण, गर्भवती महिलालाई भिडियो एक्सरे, विपन्न परिवारलाई राहत वितरण जस्ता काममा कोभिड–१९ को संक्रमन रोकथाम, नियन्त्रण तथा उपचार शिर्षकमा नगरपालिकाले १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैया खर्च गरेको खर्च विवरण समिक्षा गोष्ठीमा प्रस्तुत गरिएको थियो । नगरपालिकाका ६ स्थानका क्वारिन्टिनमा ९ सय ५४ जनालाई राखेर घर पठाईएको, ६ जनालाई आईसुलेसनमा राखेर पूर्णरुपमा स्वस्थ भएपछि घर फकाईएको, ५ सय ३२ जनाको आरडिटी र २ हजार २ सय ९ जनाको पिसिआर परिक्षण गरिएको रिर्पोट गोष्ठीमा प्रस्तुत गरिएको थियो ।

उन्नत जातको बीऊ बैंक स्थापना गर्नका लागि भेरी नगरपालिका–१ कालेगाउँमा ३० क्वीन्टल गहुँको बीऊ, ७ को रुपकोटमा ५० क्वीन्टल मकैंको बीऊ, ६ को भेरेमा १५ क्वीन्टल आलुको बीऊ, २ को तिलिंगेमा २ क्वीन्टल सिमीको बीऊ उत्पादन गरिको छ । जातिय छुवाछुत तथा भेदभाव मुक्त नगरपालिका घोषणा अभियान अन्तिम चरणमा पुगेको छ भने, पूर्णसरसफाई युक्त नगरपालिका र बालमैत्री नगरपालिका घोषणा अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया