भेरी नगरपालिकाले गरिएकाे समीक्षा कार्यत्रःम तस्वीर
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको बार्षिक समिक्षा गोष्ठीमा हाल सम्म कोरोना महामारी नियन्त्रणका लागि नगरपालिकाले विभिन्न शीर्षकमा उक्त रकम खर्च गरेको पाईएको हो । नगरपालिकाको तथ्यांक अनुसार, ४८ लाख ५० हजार १६ रुपैयाँ स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ ।
क्वारेन्टाइनमा आवश्यक जिन्सी समान खरिद अन्र्तगत ३४ लाख १३ हजार ८३ रुपैयाँ खर्च भएको छ भने, कोभिड १९ प्रभावित परिवालाई राहत वितरणमा १७ लाख ६९ हजार ८ सय ८, क्वारेन्टाइन खर्च,३६ लाख ४० हजार ३ सय ८५, गर्भवती महिला भिडियो एक्सरे कार्यक्रममा २ लाख ८४ हजार ४ सय ६, राहत वितरणमा १ लाख ८० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै कोरोना महामारी नियन्त्रणमा विविध खर्च अन्र्तगत ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । नगरपालिका भित्र ६ वटा क्वारेन्टाइन स्थल बनाईएको छ भने क्वारेन्टाइन भित्र बस्ने नागरिककोे संख्या ९ सय ५४ रहेको थियो । आइसोलेशन बाट निको भएर जाने नागरिको संख्या हाल सम्म ६ जना रहेका छन ।
भेरी नगरपालिका भित्र हाल सम्म आर.डि.टी परिक्षण गर्नेको संख्या ५ सय ३२ रहेको छ भने, पिसिआर परिक्षण गर्ने नागरिकको संख्या २ हजार २ सय ९ जना रहेका छन । हाल सम्म नगरपालिकाको क्वारेन्टाइनमा ५६ जना रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले खर्च गरेको तथ्यांक सार्वजनिक भएपनि नेपाली काँग्रेस जाजरकोटका नेता सनतकुमार कार्कीले कोरोनाको वेला धेरै रकम घोटाला भएको बताएका छन ।
समीक्षा गोष्ठीमा मन्त्व्य राख्दैर्, भेरी नगरपालिका भित्रका क्वारेन्टाइनका अवस्था यस्तै छन । तर नगरपालिकाको खर्च भने १ करोड भन्दा धेरै छ कसरी भयो खर्च ?’ कोरोना महामारीको वेला नगरपालिकाले गरेका गतिविधी सच्याउन आवश्यक रहेको नेता कार्कीले बताए ।
















































। १८ आश्विन २०७७, आईतवार