पाँचथर जिल्ला घर भई इलोक्ट्रोनिक इन्जिनियर तर्फको अध्ययन सम्पन्न गरि (PHD) अध्ययन को लागि अमेरिकाको न्यूयोर्क पुग्नु भएका श्री ओम दाहाल सामाजिक अभियन्ता विगत चार वर्ष देखि नेपालकोे शिक्षा,स्वास्थ्य सुधारका लागि-४२ किलोमिटरको न्यूयोर्क म्याराथुन दौड संचालन गरि नेपालका विकट जिल्लाहरुमा सहयोग पुर्याउदै आइरहनु भएको छ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य युवा नेता श्री निरज आचार्यको विशेष पहलमा न्यूयोर्क म्याराथुन-२०१९ मा भाग लिदै ओम दाहालले सामाजिक संजालमा सामाजिक रुपान्तरण म्याराथुन अभियानबाट संकलन पैसाले बिद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गर्ने योजना भएको थियो। सोही कार्यलाई सफल पार्न जाजरकोट जिल्ला भेरी नगरपालीका विद्यालयहरु-सिब शंकर माध्यमिक विद्यालय जग्तिपुर,श्री दिपेन्द्र माध्यमिक विद्यालय कालाभुर,श्री भगवती माध्यमिक बिद्यालय कुदु, श्री शंकर भवन माध्यमिक विद्यालय बाहुनथान कम्प्युटर ल्याबको स्थापना भएको छ। सोही कार्यक्रममा जिल्ला शिक्षा समन्वयका प्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, पत्रकार स्थानीय बुद्धिजिवि, म्याराथन दौड अभियानका प्रतिनिधि कुन्दन शर्मा मिश्र ,विद्यार्थी लगायतको उपस्थिति थियो। विभिन्न स्कुलमा भएको कार्यक्रमको प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य निरज आचार्य गर्नुभयो भने कार्यक्रमको अध्यक्षता सम्बन्धित विद्यालयका बि.ब्या.सका अध्यक्षहरुले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आचार्यले कम्प्युटर शिक्षा अहिलेको प्रमुख आवश्यकता भएको र यसलाई प्रयोगमा ल्याउनु पर्ने बताउनु भएको छ ! 


अबका बिद्यार्थीहरुले कम्प्युटर शिक्षाको अभावले आधुनिक जमानाको शिक्षा प्रणालिसङ्ग जोडिएर विभिन्न किसिमका ज्ञान,सीप,रचनात्मक,आबिस्कारक,बैज्ञानिक क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिद्यार्थी सङ्ग प्रतिस्प्रधा गर्न क्षमताको बिकाशमा टेवा पुग्ने आशा राख्नु भएको छ। तेहि अनुरुप बिद्यालयलाई रचनात्मक सिकाइमा जोड दिन शिक्षक र अबिभावकलाई निर्देशन गर्नु भएको छ। बिद्यालय नै सामाजिक रुपान्तरणको मुख्य थलो रहेको हुदा सबैजना हातेमालो गरि बिद्यालयलाई सुन्दर र ब्यबस्थित बनाउन सबैलाई आग्रह पनि गर्नुभयो। बिधालयका शिक्षकहरू , बि.ब्या समित परिवार,राजनीतिक दल ,स्थानीय बुद्धिजिबि समाजसेवी सर्बसाधरणले ओम दाहाल र नेता आचार्यलाई विद्यालय र बिद्यार्थीलाइ आधुनिक प्रबिधि र बिज्ञान संङ्ग जोड्ने उदेश्यले गर्नु भएको यस कार्यलाइ एक माहान परिवर्तनको सुरुवात भएको ठहर गर्दै धन्यवाद व्यक्त गर्नुभयो।
















































। १४ आश्विन २०७७, बुधबार