
जाजरकाेट । जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीको हे भगवान ! मेरो छोरीलाई बचाईदेउ भन्ने शब्द दिनमा एक सय भन्दा धेरैपटक आउँछ ।
आर्थीक अभावले कमाई गर्न भारतमा पुगेका नेपालीको परिवार अहिले निकै चिन्तामा डुवेको छ । गत मार्च ३ मा परिवारको पहिलो सन्तान अर्थात शान्ती विक भारतको एउटा विद्यालयमा पढन गएकी थिईन । पढाई सकेर कोठामा आएको केही समय परिवार संग मुस्कुराएकी शान्ती । त्यसपछि उनका शरीरमा एक्कासी केही दागहरु देखिए ।

दागहरु देखिएपछि उनका आमावुवाले समान्य घरेलु उपचार गरे । घरेलु उपचार पश्चात उनका शरीरका दागहरु झनै बढ्न थाले । परिवारका अनुसार, त्यहाँ बाट बढ्दै गएका दागहरु अहिले सम्म निको भएका छैनन । रोजगारीका लागि भारत पुगेको उनको परिवारले छोरीको उपचारमा कमाई गरेका सबै पैसा खर्च गरे ।
शान्तीका वुवा रतनबहादुरले हाम्रो पहुँच डटकमलाई दिएको जानकारी अनुसार, छोरीको उपचारमा अहिले सम्म साढे ३ लाख भन्दा धेरै खर्च भईसकेको छ । तर छोरीको उपचारमा कुनै प्रकारको सुधार नभएको भन्दै आँखा बाट वरवर आँसु खसाले………

उनले भनेर्, परिवारको पहिलो सन्तान छोरी हुन । उनी नै विरामी भएपछि हामीले खाना नै खाएका छैनौ । कसरी छोरीको उपचार गर्ने होला ।’ भारतमा कमाई गरेको सबै पैसा सकियो तर छोरीको उपचारमा कुनै सुधार नभएकोले परिवार को अहिले विच्चलीमा छ ।

छोरीका दागहरुले शरीर रात्तो भएको छ नै तर आँखा सबै बन्द भएकोले आठ बर्षिया शान्तीलाई खाना खान समेत नसक्ने अवस्था आएको छ । छोरी विरामी भएपछि कमाई गर्ने गएका नेपालीको परिवार छोरीको हेरचाहमा देखिन्छ । अहिले छाेरीले अाँखा सम्म देख्न सकेकी छैनन ।
भारतका केही साहुहरुले सहयोग गरे उपचार गर्ने तर सहयोग नगरे छोरीको ज्यान जाने भएकोले शान्तीका परिवारले सहयोग गर्ने सबैलाई अपिल गरेका छन ।

गरीव परिवार, त्यस माथी कमाई गर्न गएको परिवार, कसरी छोरीको उपचार गर्न सकिन्छ होला ? त्यसैले शान्तीको उपचारमा सहयोग गर्न सबै मनकारी नेपालीहरुलाई विनम्र अनुरोध गर्दछौँ । तपाईको मानवीय भावनाले कसैको जिन्दगी बन्छ भने सहयोग गर्न के नै छ र ? तपाई सहयोग गर्न चाहानुहुन्छ भने ९८६३२८१९४७ मा सक्पर्क गर्न सक्नुहुनेछ ।


पहिलेकाे उनकाे तस्वीर
















































। १५ आश्विन २०७७, बिहीबार