कुशेका घरघरमा शिक्षक, बालबालिकालाई पढाईमा सहयोग

जाजरकोट । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण गत ७ महिना देखि विद्यालय वन्द हुदाँ पढाई छुटाएका वालवालिकाहरुलाई कुशे गाउँपालिकाले घर घरमा गृह शिक्षकको व्यवस्था गरेर पढाउन सुरु गरेको छ ।

लकडाउन खुलेपनि विद्यालय सन्चालन वारे संघीय सरकारले कुनै निर्णय गर्न नसकेपछि कुशेगाउँपालिकाले वैकल्पीक विधिवाट वालवालिकाहरुलाई पढाउन सुरु गरेको हो । वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार गृह शिक्षक तोकेर गाउँपालिकाकाले घर घरमा पढाई सुरु गर्न लागेको हो ।

विद्यालय खुल्ने सम्भावना तत्काल नभएपछि कोरोना संक्रमणको जोखिमको ख्याल गर्दै आवश्यक मापदण्ड पुरा गरेर गाउँपालिकाका सवै स्कुले वालवालिकाहरलाई घरमै पढाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए । उनले, लामो समय विद्यालयको पढाइ छुटाएका वालवालिकाहरुलाइ पढाइका लागि आवश्यक साथ र सहयोग दिन र पढाइ छुटको लामो खाडल पुरा गर्न आफुहरुले घरमै पढाउने काम सुरु गरेको वताए ।

वालवालिकाहरु स्कुलका विद्यार्थीहरु मात्र नभएर यो समाज र देशका भविस्य भएकोले उनीहरु प्रति स्थानीय सरकारको कर्तव्य निभाउन आफुहरुले विद्यालय नखुले पनि घरमा पढाईको वातावरण मिलाईदिने निर्णय गरेको अध्यक्ष वस्नेतले वताए । उनले गृह शिक्षक तोकेर पढाउदा गाउँपालिकाका ९ हजार स्कुले विद्यार्थीहरु मध्य ६ हजारलाइ प्रत्यक्ष लाभ दिन सकिने पनि वताए । उनले विद्यार्थीको अवस्था र सवै कुराको अध्ययन गरेर गाउँपालिकाकाले वालवालिकाको पढाइका लािग सवै प्रकारको सहयोग र लगानी गर्ने पनि वताए ।

संविधानले दिएको वालवालिकाको मौलिक हकलाई व्यवहारमा उतारेर उनीहरुको शिक्षाको हक पुर्ति गर्न गाउँपालिकाको अभियानले ठुलो राहत मिल्ने स्थानीय शिक्षक र अभिभावकहरु वताउछन । लामो समय विद्यालय जान नपाएका वालवालिकाहरुमा मनोवैज्ञानिक समस्या समेत उत्पन्न भएको वेला गाउँपालिकाले गरेको निर्णयले उनीहरुमा सकरात्मक प्रभाव पार्ने उनीहरुको प्रतिक्रिया छ । वालवालिकाको मनोवैज्ञानिक तथा सामाजिक अवस्थालाई ख्याल गरि दैनिक कार्यतालिका तयार पारेर उनीहरुलाई शिक्षण गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जनक शाहले वताए ।

प्रमुख शाहले घरमा पढ्नको लागि निश्चित स्थान तय, गरेर,कार्यतालिका अनुसार कार्य गर्न बालबालिकालाई सहजीकरण गरेर र बालबालिकाको उपयुक्त सिकाइका लागि आवश्यक सामग्री व्यवस्थापन गरेर घरमै पढाउने काम सुरु गरिएको वताए ।

वैकल्पीक प्रणालीवाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार गृह शिक्षक व्यवस्था गरेर वालवालिकाहरुलाइ पढाउन लागिएको प्रमुख शाहले वताए । सवैको साथ र सहयोग लिएर घरमै पढाउने व्यवस्थालाइ प्रभावकारी वनाइने उनले वताए ।

तपाईको प्रतिक्रिया