सात बर्ष सम्म फर्किन्न छोरी, वावुको दिन वित्छ फोटो हेरी !

जाजरकोट । एउटा सानो घर । त्यो घरमा बस्ने बाआमा । बाबा र आमाको आँखामा आँसु नआएको एक दिन छैन । जिल्लाको बारेकोट गाउँपालिका २ मा बस्ने लुर्काे कामी छोरीको प्रखाईमा बसेको सात बर्ष पुरा भयो । सात बर्ष सम्म छोरी आउने आसमै उनका दाई धर्मे कामीको मृत्यु भयो । गाउँमा कुनै नौलो मान्छे आउँदा छोरी आइन भनेर खुशीले गदगद हुने गर्छन । तर नजिक आउँदा छोरी नहुँदा उनीहरुको मनमा विह्र सिर्जना हुने गर्छ ।

आफुले जन्म दिएको एक मात्र सन्तान । २०६४ सालमा तत्कालिन नेकपा माओवादीले गाउँ संगठनमा भन्दै उनलाई पार्टीको कार्यक्रम लग्यो । उनले हाम्रो पहुँच संगको कुराकानीमा आँखामा आँसु झार्दै भने, “मेरी छोरीको पार्टीको नाम अस्मिता हो । घरमा हामीले मायाले उनलाई लिला भन्ने गथ्यौँ । सानै उमेरमा अस्मिता पार्टीमा लागेको बताए ।

आफु पार्टीको गाउँ परिषदको अध्यक्ष्य भएर मुल्साम गएको थिए । त्यही मौकामा मेरी छोरीलाई पार्टीका कार्यकर्ताले छोरीलाई कार्यक्रममा लगेको उनको भनाई छ । उनले ,आँखा बाट झार्दै भने, सन्तानको नाममा त्यही एउटी छोरी थिइन । उनी पनि घर फर्केकी छैनन् कसरी चित्त बुझाउने होला । मेरी छोरीको खोजीमा मैली तत्कालिन माओवादीमा आवद्ध सबै साथीहरु संग प्रश्न गर्ने गरेको छु कि लास चाहियो कि सास चाहियो ?

तर उहाँहरु प्रयास गरौला भन्नुहुन्छ । तर कुनै खोजी कार्य भएको छैन ।’ दुई चार बर्ष पहिले कता हो कता छोरी घरमा आएर गएकी हुन । अहिले त कुन दुनियाँमा छन् । अत्तो पत्तो कुनै पनि छैन । मेरी छोरीलाई खोजेर साथ दिनुपर्यो । उनीहरुको मनमा एक सन्तानको आमा कति हुन्छ । ती बाआमालाई मात्र थाहा हुन्छ होला ।

छोरीको प्रखाईमा बसेको मात्र सात बर्ष भएको उनले तितो सत्य सुनाए । विरामी हुदाँ आफुलाई पानी समेत खुवाउने मान्छे नहुँदा निकै समस्या भएको उनको दुखेसो छ । उनले मेरी छोरीलाई भेट्ने मान्छेले हाम्रो पहुँच डटकम जाजरकोटलाई सम्पर्क गरिदिन समेत आग्रह गरेका छन् । छोरी आए ठिकै छ नत्र छोरीको प्रखाईमै जिन्दगी विताउन तयार छु ।

प्रिय कमरेडहरु म पनि विभिन्न संघर्ष र बलिदानमा हुर्केको मान्छेहरु पार्टीले मलाई त्येतिवेला गोली समेत हान्न तयार भएको वेला छाती खोल्न तयार थिए । आज पनि पार्टीको कार्यक्रम र सभा समोहमा समेत जाने गरेको छु । मिल्छ भने कतिपयले कालिकोटमा छन् भन्ने गरेका छन् । कालीकोटमा भएपनि खोजेर सहयोग गरिदिन सबै कमरेडहरुमा मेरो आग्रह रहेको छ ।

भनी उनले पत्र समेत लेखेका छन् । १४ बर्षको कलिलो उमेरमा पार्टीका लागेकी मेरी छोरी अहिले कता गएकी छन् थाहा नै छैन । भेटे पछि मलाई यो संसारमा बाँच्न यति सजिलो हुनेथियो । मरेको भए लास ल्याइदेउ । जिवीत भए सास सम्म पुर्याइदिउन । सबैमा मेरी आग्रह छ ।

तपाईको प्रतिक्रिया