
अजय पाठक , बाँके । बाहिरी जिल्लाबाट उपचारका लागी भर्ना हुन आउने थप एक जना कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ ।
जाजरकोटको जुनीजाँदे गाउँपालिका ५ गर्खाकोटकी ७६ बर्षीया कोरोना संक्रमीत महिलाको बाँकेमा मृत्यु भएको अस्पतालको श्रोतले जनाएको हो । उपचारका लागि आइतबार दिउँसो २ः१५ बजेको समयमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पुग्न लाग्दा मृत्यु भएको जनाइएको छ ।
यो संगै उपचारका लागी बाहिर जिल्लाबाट बाँकेमा भर्ना हुन आउने क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ती महिलालाई कोरोनाको आशंकामा असोज ५ गते नेपालगन्ज मिडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाट पिसिआर जाँचका लागी स्वाब संकलन गरिएको मा ६ गतेको पिसिआर रिपोर्टमा उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको प्रेस नोटमा उल्लेख छ ।
कोरोना संक्रमण पोजेटिभ आउन लगत्तै उनलाई आइसोलेसनमा राखेको थियो । उनलाई बिगत केही दिन अगाडी बाट पित्तको थैलीको बिरामी रहेकोले उपचार गरिरहेको पारिवारिक श्रोतले जनाएको हो ।
उनी होम आइसोलेसन बस्ने क्रममा अयखष्म ज्ञढ आइसोलेसन कक्षमा लैजाने क्रममा अकस्मात cardio pulmonary arrest भएको कारण मृत्यु भएको श्रोतले पुष्टि गरेको बुझिएको छ ।
















































। १२ आश्विन २०७७, सोमबार