नेपाल कम्युनिस्ट पार्टी नेकपा नलगाड नगर संगठन कमिटीले अगुवा नेता,कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा केन्द्रिय सदस्य एबंम कर्णाली प्रदेश सहइन्चार्ज काली बहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा नेकपा केन्द्रिय सदस्य निरज आचार्य, नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु ढकबिर राना,जिबन खड्का ,कृष्ण बिसि, जिल्ला कमिटी सचिबालय सदस्यहरु प्रताप जैसि,कमान खडका लगायतका नेता कार्याकर्ताको उपस्थिति थियो । 
कार्यक्रमका प्रमुख अथिति मल्लले पार्टी संचालन र पार्टी संगठन निर्माणका बिषयमा रहेर प्रशिक्षण दिएका थिए भने विशेष अथिति निरज आचार्यले पार्टीको स्थायी कमिटीले गरेका महत्त्वपूर्ण निर्णय सुनाउदै पार्टी भित्रको अन्तरिक बिवाद अन्त्य भएको र पार्टी अब निति बिधि पद्धति अनुसार आफ्नो सिद्धान्तमा आधारित भएर चल्ने र सत्ता र पार्टीमा व्यापक छलफल गर्दै पारस्परिक ढंगले अघि बढ्ने बताएका थिए ।

आचार्य ले नलगाडलाई नेकपाको लाल्किलाको रुपमा स्थापित गराउन प्रत्येक नेता कार्यकर्ता सक्रिय हुन्न निर्देशन समेत दिएका थिए । साथै नेता आचार्य ले अब पुर्ब र तत्कालीन भनेर कित्ता छुट्टाउनु आवश्यक नभएको भन्दै सरकारले गरेका राम्रो कामको प्रशंसा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नगर संगठन कमिटिका अध्यक्ष गणेश सिंहले गरेका थिए भन्ने कार्यक्रम संचालन कमिटीका सचीव जनक शाहीले गरेका थिए ।
नेकपाले गर्यो नलगाडमा बृहत अगुवा कार्यकर्ता भेला सम्पन्न
तपाईको प्रतिक्रिया
















































। ११ आश्विन २०७७, आईतवार