म नेकपामा यसकारण प्रवेश भएँ “मेरो डायरी”

आधा जिवन नेपाली काँग्रेसको सामान्य कार्यकर्ता बनेर झोला बोक्दै हिँडियो । कुनै दिन नेता तथा मन्त्रीको घर दैलोमा पुगेर न आफ्नो लागि न अरुको लागि जागिर र आर्थिक समस्याको लागि हात जोड्न पुगेन ।

केवल रुख चिन्हमा छाप हान्दै र चुनावमा २ गिलास चिया पिएर आधा जिन्दगी बिताएँ मैले । मलाई लाग्छ मैले काँग्रेसलाई ठुलै गुण गरे जस्तो तर जुन दिन म अप्ठ्यारोमा परेँ त्यो दिन मैले र मेरो घर परिवारले क्षेत्रिय, जिल्ला र केन्द्रिय नेताहरुलाई गुहार माँगे मेरो लागि सहयोग गर्नुको सट्टा त्यो बेला सबैले मुन्टो बटार्यो ।

त्यसपछि मेरो आधा जिन्दगीको काँग्रेसप्रतिको आस्था म स्वयमले ढालेँ । अनि पार्टी परित्याग गरी तत्कालिन एमाले हाल नेकपामा प्रवेश गरेको हो । मेरो व्यक्तिगत आस्था, इच्छा र चाहाना बमोजिम नेकपामा प्रवेश गरेको हो । कसैको दबाब, डर, त्रास र धम्कीले प्रवेश गरेको हैन ।

मैले काँग्रेस छोडेर काँग्रेसमा ठुलै पहिरो जाने पनि होइन र पार्टीलाई ठुलै क्षति पुग्ने पनि होइन र नेकपाको पनि ठुलै महत्वपूर्ण काम बन्ने पनि होइन म नेकपामा प्रवेश गरेकोमा ।

जुनै पार्टीमा लागेपनि पार्टीकै लागि झोला बोकेर हिँड्ने काम म बाट हुँदैन तर जुन दिन चुनाव हुन्छ त्यो दिन भने मैले आफ्नो पार्टीको लागि दिनरात नभनि खटिने छु ।

म एउटा स्वतन्त्र पत्रकारिता पेशामा लागेको मान्छे हुँ । मेरो व्यक्तिगत रिस इबिक तुच्छ र मुख नबोल्ने कसैसँग हुँदैन मेरो कलम प्रत्येक टोल, समाज, गाउँ, प्रदेश, जिल्ला, पार्टी र हर व्यक्तिको लागि कलम र मेरो विचार सधैँ स्वतन्त्र रहने छ ।

कसैले पुरन गुरुङ्ग यो पार्टीमा लाग्यो त्यो पार्टीमा लाग्यो भनेर पछाडी कुरा नकाटे पनि हुन्छ । म कसैसँग नराम्रो हुन चाहन्न । म यहि युगको मान्छे हुँ । मैले आफ्नो बुद्धि विवेकले भ्याए सम्म आस्था अनुसार पार्टी र धर्म परिवर्तन गर्न पाईन्छ । कसैको दबाबमा चल्ने मान्छे होइन म ।

म काँग्रेसका मित्र र इष्टमित्रहरुसँग पनि सँगै बसेर छलफल गर्छु, चिया पिउँछु, सँगै हिँड्छु । काँग्रेस, राप्रपा अथवा जुनै पार्टीको मित्रहरु सँग मेरो सम्बन्ध नराम्रो हुने छैन ।

जुन पार्टीका मित्रहरुले पनि मलाई आफ्नै भाइ, छोरा, दाइ र मित्र सम्झेर सम्पर्क गरे हुन्छ । काँग्रेस किन छोड्यो होला पुरनले भनेर केहि अबुझ मान्छेले भन्लान् तर मेरो मन भित्रको व्यथा र काँग्रेसका केहि तत्वहरुले म माथि गरेको अन्याय र षड्यन्त्र अनि धोका मलाई माात्र थाहा होला ।

मैले पार्टी फेरेर नेकपामा प्रवेश गरेर ठुलै पद पाउने भनेर पनि लागेको होइन मैले पद नै पाए पनि दिनरात झोला र झण्डा बोकेर काम गर्न सक्ने मेरो फुर्सद छैन । मैले मेरो आफ्नो कार्यालय र व्यवसाय चलाउनै पर्ने हुन्छ । अन्त्यमा मेरो साइनो अनुसारको इष्टमित्र, साथीभाइहरु मैले पार्टी परित्याग गरेको हो तपाइहरु सँग साइनो परित्याग गरेको होइन ।

तपाईको प्रतिक्रिया