
सल्यान। सल्यानको सामुदायिक विद्यालयका शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन्। शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदानका शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गत आर्थिक वर्षको साउनदेखि अहिलेसम्म पारिश्रमिक नपाएको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालयका शिक्षक ओमप्रकाश बुढाथोकीले बताए। शून्य तथा एक मात्र दरबन्दी भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले गत शैक्षिक सत्रको साउनदेखि पारिश्रमिक नपाएको उनको भनाइ छ।
















































। ११ आश्विन २०७७, आईतवार