छापामय कक्षाकोठा निर्माणमा जुटे कुशेका शिक्षकहरु

चन्द्रबहादुर विश्वकर्मा,जाजरकोट । कोभिडका कारण देशभरका विद्यालयहरु खुलेका छैनन् । सबै विद्यालयहरु बन्दाबन्दीमा रहेका छन । संरचनागत बनेका सरकारहरुले यस विषयमा कुनै निर्णय गर्न सकेको छैन ।

यद्यपी नेपाल सरकारले गृह शिक्षण अवधारणा र वैकल्पिक शिक्षण सिकाई कार्यलाई अगाडि बढाएको छ नयां कार्यहरु ल्याउन सकेको छैन । शिक्षासंग कार्यरत संघ संस्थाहरु कार्यरत कार्यक्षेत्रमा स्थानीय सरकारसंग समन्वय गरी कार्यक्रमहरु संचालन गरी बालबालिकाहरुलाई व्यस्तता बनाई राख्न प्रयत्नरत रहेका छन ।

तर कुशे गाँउपालिकामा विद्यालयहरु बालमैत्रीपुर्ण शैक्षिक सामाग्री निर्माणमा अग्रसर भएका छन । कुशे गाँउपालिका जाजरकोट जिल्लाको विकट स्थानीय तहमध्ये एक हो । कुशे गाँउपालिकाको समन्वयमा सेभ द चिल्डे«नको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानद्धारा संचालित सहयात्रा दोस्रो परियोजना अन्र्तगत कुशेका विद्यालयहरुले यस खाली समयमा कक्षा १ र २ का कक्षाकोठाहरुलाई छापामय बनाउन प्रयासरत छन ।

यस परियोजना बाट शिक्षा तथा युवाखेलकुद शाखाको सहकार्यमा छनौट नमुना विद्यालयहरुले कक्षाकोठा बनाउने क्रममा छनौट गरिएका १८ वटा नमुना विद्यालयहरुले कक्षाकोठालाई छापामय बनाएका छन ।

यसरी आफ्नो विद्यालयलाई नमुना बनाउने क्रममा कुशे ७ का रामबहादुर शाहीले आफ्नो अनुभवलाई यसरी व्यक्त गरेका छन, यस शिक्षण पेशामा कार्यरत रहेको ९ वर्षको अवधीमा शिक्षणलाई प्रभावकारी बनाउन धेरै तालिम तथा प्रशिक्षणहरु लिएको यसरी पहिलो पटक शिक्षकहरुको सहभागितामा शैक्षिक सामाग्री निर्माण गरेको अनुभव व्यक्त गर्नु भएको छ । त्यसै गरि वडा नं. ४ का धारापानीको प्रधानाध्यपकको भनाई पनि यस्तै रहेको छ ।

विद्यालयमा हामीसंग भएको शैक्षिक सामाग्रीहरु खरिद गरि ल्याइएका छन जुनकुनै सामाग्रीहरु कसरी प्रयोग गर्ने जानकारी पनि छैन र यसरी सबैको सहभागिता र सिकाइको अनुभवमा तयार गरिएको सामाग्री एकदमै प्रभाकारी रहेको यसको प्रयोग कसरी गर्न भन्ने विषयमा सहज भएको छ । हामी आफै प्रयोग गर्न सक्छौ । यसरी विद्यालयमा बालबालिकाहरुलाई अध्यापन गराउँदा बालबालिका पनि पट्यार नमानी सिक्ने सक्छन उनको भनाई छ ।

यसरी कोभिडका कारण विद्यालयहरु बन्द भएता पनि उल्लेखित नमुना विद्यालयहरुले प्रसंसनिय कार्य गरिेका छन् । विद्यालय पुनः संचालन आएपछि पाठ्यक्रममाआधारित रहेर कक्षा १ देखि ३ सम्म नै शैक्षिक सामाग्री निर्माण गराउने प्रतिवद्धता गर्नु भएको छ । जस बाट बालबालिकाहरुलाई पढाउन सजिलो हुने शिक्षकहरुको पनि शैक्षिक सामाग्री निर्माण क्षमता वृद्धि हुने जानकारी शिक्षा शाखाका प्राविधिक जनक शाहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया