माईतीको घरमा याैनसम्बन्ध , मानसिक सन्तुलन गुमेकी महिला बाट छोरा, बाउ फरार बच्चा र  अामाको विच्चली 

बच्चाकाे जन्मदर्ता कसरी बनाउने भन्ने चिन्ता,बच्चा भन्छन वुवा देश गएका छन

No description available.

 

    तस्वीर    :    पीडीत महिलाको पीडा सुन्दै हाम्रो पहुँच टीम

कालीबहादुर नेपाली 

जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ रावतगाउँकी पुष्पा विकले अहिले सम्म  परम्परागत रुपमा ३ पटक विहे गरिन् । वैवाहिक सम्बन्ध बाँध्नु अघि मानसिक रुपमा सम्पन्न भएकी पुष्पा अहिले मानसिक सन्तुलन गुमाई विच्चलीमा छन । पुष्पाको महिलो विहे स्याँलाका एक जना संग भयो । त्यहाँ उनले २ सन्तानको जन्म दिईन ।

कानुनी रुपमा सम्बन्ध विच्छेद नगरी पहिलो श्रीमानले पुष्पा संगको सम्बन्ध तोडिदिए । दुई सन्तानको आमा बनेकी उनलाई श्रीमान संग छुट्नुको पिडा  त छदैछ । सन्तानको मायाले साह्रै सताउने गरेको थियो । श्रीमानले दोस्रो  विहे गरे । पुष्पाको विचल्ली पारिदिए ।

No description available.

त्यसपछि जीवनलाई थोरै सुखको अनुभुति गर्न रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाका एकजना संग दोस्रो वैवाहिक सम्बन्ध गाँसिन् । दोस्रो विहे गरेको केही बर्ष सम्म  उनका दिनहरु सुखका साथ वितेका थिए । पुष्पा र श्रीमानको सल्लाह अनुसार उनीहरु केही बर्ष पहिले कमाई गर्न भारतको हिमचाल प्रदेशमा गएका थिए । केही महिना सम्म उनीहरुले राम्रै संग काम  र कमाई समेत गरेका थिए । तर एकदिन मादक पदार्थ सेवन गरी उनका श्रीमानले पुष्पाको टाउकोमा लट्टीले हिर्काए । हिर्काएपछि त्यहि वेला पुष्पाको जीवले अर्काे रुप लियो ।

अर्थात मानसिक सन्तुलन गुमाईन । पुष्पाको पक्षमा बोल्दिने मानिस नै कोही नभएको पीडित पुष्पाले भेरीमालिका संग भनिन् । रुकुम पश्चिममा पनि २ जना सन्तानको जन्म दिएकी छन । कानुनी पाटोमा नगई पुष्पा भारत बाट नेपाल आईन र माईतीको शरणमा बस्न थालिन । गरिवीको चपेटामा परेका माईतीलाई के खाने भन्ने समस्या थियो अनि कसरी उनको पक्षमा मुद्धा लड्न सकिन्थ्यो होला भन्दै माईती पक्षका एकजनाले गुनासो पोखे ।

माईतीको घरमा बस्दै आएकी पुष्पालाई एकदिन गाउँकै एकजना दावा काम गरेका एकजनाले बलत्कार गरी एक सन्तानको जन्म दिएको स्थानीय प्रेम विकले जानकारी दिए । पुष्पा संग शारीरिक सम्बन्ध राखी बच्चा जन्माएका दावाले तत्कालिन समयमा श्रीमती भनी स्वीकार गरे ।  समाजका मानिसको दवावले समेत उनलाई श्रीमती स्वीकार गरेको उनकी दिदी पार्वती विकले जानकारी दिइन ।

उनका अनुसारर्, केही समय श्रीमति भनी स्वीकार गरे, अहिले अर्की श्रीमती लिई कता गएका छन । कुनै अत्तो पत्तो छैन ।’ मानसिक सन्तुलन गुमाएकी महिलालाई अहिले कसरी बच्चा र आफुलाई समालेकी छन भन्नै नसकिने अवस्था गरेको उनको भनाई छ ।

अहिलेको अवस्था कहाली लाग्दो 

 तीन पटक सम्म विहे गरेकी पुष्पाको अवस्था अहिले कहाली लाग्दो छ । उनकी दिदी पार्वती विकको घरमा बस्दै आएकी छन । सही गलत छुट्याउन नसकिने पुष्पालाई कसरी बाँच्ने भन्ने समस्या भएको छ । ५ बर्षको सानो छोरा सडकमा, आमा जंगलमा बस्ने गरेको दिदी पार्वती विकको भनाई छ ।

आफनै छोरालाई नचिन्ने आमाको  जिम्मा छोडेर फरार भएका वुवाको खोजी समेत गरिएको छैन । कहिले काँही अलि अलि सुन्नमा आएको भारतमा गएका छन भन्ने मात्रै सुनेको छु भन्छन, ५ बर्षिय बालक । वुवाको आशामा कुर्दाकुर्दै धैरै समय वितिसकेको छ वुवा कहाँ हुनुहुन्छ भन्ने थाहा नभएको उनको भनाई छ ।

आमा छोराको अहिले विचल्ली छ । तीन वटा विवाह गरेकी पुष्पाको साथमा अहिले कोही छैनन । अहिले सम्म बालकको जन्मदर्ता सम्म भएको छैन । सरकारी सेवा सुविधा बाट बञ्चित बनेका बालकको भविष्य अन्धकार बनेको स्थानीयले बताए । पुष्पालाई न्याय र सहयोग अहिले निकै खाँचो छ । भएकालाई सहयोग गर्नुभन्दा नभएकालाई सहयोग गर्नु तपाईको मानवता हो ।

 

भिडियाे हेर्न याे लिक क्लिक गर्नुहाेला ।

https://www.youtube.com/watch?v=9BD0Gw1fp9g&feature=share&fbclid=IwAR1T9ZxvKqc96TWGtF3fhUWu0Tq7GEVg-82wqBZEiJbDpFxgBQpG6X8SuZI

तपाईको प्रतिक्रिया