
जाजरकोट । जाजरकोटमा नै निर्माण गरिएको, तिम्रो लागि म छु को’ कभर भिडियो सार्वजनिक भएको छ । स्टार अप फ्यूचर डान्स स्टुडियो बाट मंगलबार सार्वजनिक भएको हो ।
अन्जु पन्त र सुगम पोखरेलको आवाजमा सजिएको गीतको कभर भिडियोमा जाजरकोटका चर्चित मोडेल रिदम वावु र रजनी मगरले अभिनय गरेका छन ।
गीत संगीतको कभर भिडियो निर्माणमा जाजरकोटमा पछिल्लो समय कभर भिडियोहरु सार्वजनिक गर्दै आएको स्टार अप फ्यूचर डान्स स्टुडियोका सञ्चालक रिदम वावुले जानकारी दिए । साथै डान्स सिक्न चाहेलाई विशेष अफर समेत प्रदान गरिएको छ ।
तिम्रो लागि म छु को’ गीतमा जाजरकोटका विभिन्न स्थानको दृश्यहरु कैद गरिएको छ । क्यामेरामा सुरेन्द्र रोकाय र रामचन्द्र घर्तीले साथ दिएका छन ।
भिडियो हेर्न याे लिक क्लिक गर्नुहाेस :
https://www.youtube.com/watch?v=jgxZr4jryhE&feature=share&fbclid=IwAR2_t5Xwr3LJsElH2eUkvrU5es2ulPX40npGp5l9GQUl6xrPa9DmQcruz8s
















































। ७ आश्विन २०७७, बुधबार