तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णाली प्रदेशको आयोजनामा केन्द्रिय महासंंघका कार्यसमिति सहितको भर्चुअल बैठक सम्पन्न भएको छ ।
महासंंघका केन्द्रिय पदाधिकारी लगाएत कर्णाली प्रदेशका सम्पुर्ण कार्यसमिति संग्लग्न बैठकमा महत्वपूर्ण विषय माथी छलफल भएको महासंंघ कर्णाली प्रदेशका सचिव रमेश शर्माले हाम्रो पहुँच खबरलाई जानकारी दिए ।
आफुहरु ईतिहास निर्माणको सुरुवाती अवस्था जस्तै भएकोले आगामी दिनमा महासंंघले महत्वपूर्ण काम गर्दै जाने केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताए । यस्तै यो क्षेत्र गरिब,निमुखा, बिपन्न बर्गको रोजगारी र जीवनरक्षा संंग जोडिएको भएकाले सीप तथा तालिमको क्षेत्रबाट वास्तविक लक्षित बर्ग लाभान्वित हुनु पर्ने बताए ।
यस्तै महासंंघका केन्द्रिय सचिव अच्युत नेपालले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट स्वीकृत प्राप्त तालिम प्रदायक संस्थाहरुले मात्र तालिम तथा रोजगारको क्षेत्रमा काम गर्नुपर्ने अन्यथा गैरकानुनी हुने बताए ।
तालिम प्रदायकहरुले मात्र चलाउन मिल्ने कुरा राजपत्रमा समेत उल्लेख गरिसकिएकोले सम्बन्धित निकायले मनोमानी गरि तालिमहरु चलाउने गरेको बताए । यस्तै अब देखि महासङ संंग समन्वय,सहकार्य गरिनु पर्ने बताए ।
यसै गरि कर्णाली प्रदेशमा सृजित समस्या,सदस्यहरुको सदस्यता बितरण,आगामी योजना एब सल्लाह सुझाव सहित अन्य बिबिध विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
तालिम निमुखाहरुको जीवनरक्षा संग जोडिनु पर्छ: अध्यक्ष साउद
तपाईको प्रतिक्रिया
















































। ६ आश्विन २०७७, मंगलवार