जनक चन्द `ॠतु´
कुशे, ५ जाजरकोट
गजल
आफन्त सोच्छन सुखमा रमाएको छ
यो कोहिले सोधेनन खै के खाएको छ
घरमा छाक टार्ने केहीपनि नभए पछि
सानो बालक आँसु पिएरै अघाएको छ
मन्दिरमा भगवान हुन्छन् मित्रले सुनेछ
हिजो देखि सिरान्मा ढुङ्गा सजाएको छ
अरे यार मेरि आमालाई किन बिदुवा भन्छौ
साझा आकाशले पनि सेतो टीका लगाएको छ
केही पत्रहरु मलामिले मेरो घरमा ल्याईदिए
लाग्छ मेरो तस्बिर मृत्यु शालामा बनाईएको छ
गजल
कि मेरो ताजमहल हुनुपर्ने कि म नजन्मिनु पर्ने
पिडा छ साझ बिहाना दाल भात सम्झिनु पर्ने
मुलुक चिन्ताम डुबेको दिन तिमि खुसी मनाउ
हाम्रो अबस्था यस्तो छैन सडक मा उर्लिनु पर्ने
हजुर यहि बाटो भएर सहर छोडि जानु भएछ
मेरा मलामी आउदै थिए एक छिन पर्खिनु पर्ने
पुर्खा ले पनि नियम अजिबको बनाई दिएछन
कसैलाई छोए पछि पनि सुनपानी छर्किनु पर्ने
मैले पिरती पनि बुझ्नै नसकिने खालको लाए
उनलाई परै देखिहाले भने,म यता तर्सिनु पर्ने
गजल
जब रोग ब्याधी देखि दुनियाँको हार भयो
त्यसपछि राजधानी सङ्गै बन्द बजार भयो
डाक्टर ले पनि उसलाई छुन सम्म सकेनन
हिजो मेरो छोरो न्युमोनियाको बिमार भयो
त्रासले पनि मान्छेलाई गलाउदै लिन्छ मित्र
देसले लकडाउन लगाउनु पनि बेकार भयो
अवस्था यति कुरुप त्यही दिन बाट आयो
औषधि छैन भाईरसको भन्ने समाचार भयो
सरकारले दिएको त पन्ध्र किलो चामल हो
गाउँले भन्छन मन बुझाउने त बेसार भयो
















































। ५ आश्विन २०७७, सोमबार